दाङ । जिल्ला प्रहरी कार्यालय दाङले घोराही बसपार्कमा रहेका विभिन्न होटलहरुमा छापा मारेको छ । सोमबार दाङ प्रहरीले गोप्य सुचनाको आधारमा घोराहीको बसपार्कमा रहेका करिब १५ वटा होटलमा छापा हानेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी चक्र शाहले बिभिन्न होटलबाट १३ जना महिला र १४ जना पुरुषलाई नियन्त्रणमा लिईएको र उनिहरुमाथी थप अनुसन्धान भइरहेको जानकारी दिएका छ्न ।