दाङ । पोखराका होटल व्यवसायीको छाता संस्था होटल संघ पोखराले आन्तरिक पर्यटन प्रवद्र्धन अभियानअन्तर्गत घोराहीमा छलफल तथा अन्तक्र्रिया गरेको छ । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरामा बढी भन्दा बढी आन्तरिक पर्यटक भिœयाउने उद्देश्यसहित पर्यटन प्रवद्र्धन अभियान चलाएको बताउँदै ठाउँ–ठाउँका पाहुनालाई पोखरा घुम्न बोलाउनेगरी पूर्वदेखि पश्चिमसम्म कार्यक्रम चलाइएको जानकारी दिनुभयो । जेठ २९ देखि शुरु भएको अभियान बुटवल, नेपालगञ्ज सुर्खेत हुँदै सोमबार दाङ आएर सकिएको छ ।
घोराहीको कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले नेपालमा आउनुपर्ने जति पर्यटक ल्याउन नसकिएको बताउँदै पर्यटक मैत्री वातावरण निर्माणमा राज्य र व्यवसायीको हातेमालो हुनुपर्नेमा जोड दिनुभयो । उहाँले पर्यटकलाई अनावश्यक दुःख दिन नहुने उल्लेख गर्दै गुणस्तरीय र सस्तो सेवा दिन जरुरी रहेको बताउनुभयो । कार्यक्रममा घोराही उपमहानगरपालिकाकी उपमेयर हुमा डिसी, नेपाल पत्रकार महासंघका सचिव सविन प्रियासन, निवर्तमान अध्यक्ष विपुल पोख्रेल, दाङ देउखुरी होटल व्यवसायी सघका अध्यक्ष ईश्वर बुढा, दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेशकुमार श्रेष्ठ, पर्यटनविज्ञ दीपेन्द्र पहाडी, पर्यटन व्यवसायी किरण पोख्रेललगायतले आन्तरिक पर्यटन प्रवद्र्धनमा अन्तर प्रदेश सहकार्य आवश्यकता रहेको बताएका थिए । कार्यक्रमको सहजीकरण होटल संघ पोखराकी सचिव पार्वती पाण्डेले गर्नुभएको थियो ।
संघले द्वन्द्वको बेला पारेर झन्डै अढाईदशक अघि जाउँ है पोखरा अभियान शुरु गरेको थियो । अभियान शुरु गर्दा पोखरामा आन्तरिक पाहुनाको हिस्सा करिब पाँच प्रतिशत थियो । द्वन्द्वका कारण विदेशी पाहुना आउन नपाएको बेला आन्तरिक पाहुनालाई बोलाएर व्यवसाय धान्ने योजना अनुरुप संघले जाउँ है पोखरा अभियान चलाएको थियो ।