२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

जाउँ है पोखरा अभियानका क्रममा पोखराले घोराहीमा एक कार्यक्रम आयोजना गरी पोखरा घुम्न बोलायो,

Logo
Abc Sanchar प्रकाशित मंगलबार, आषाढ ०३, २०८२

 

दाङ । पोखराका होटल व्यवसायीको छाता संस्था होटल संघ पोखराले आन्तरिक पर्यटन प्रवद्र्धन अभियानअन्तर्गत घोराहीमा छलफल तथा अन्तक्र्रिया गरेको छ । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरामा बढी भन्दा बढी आन्तरिक पर्यटक भिœयाउने उद्देश्यसहित पर्यटन प्रवद्र्धन अभियान चलाएको बताउँदै ठाउँ–ठाउँका पाहुनालाई पोखरा घुम्न बोलाउनेगरी पूर्वदेखि पश्चिमसम्म कार्यक्रम चलाइएको जानकारी दिनुभयो । जेठ २९ देखि शुरु भएको अभियान बुटवल, नेपालगञ्ज सुर्खेत हुँदै सोमबार दाङ आएर सकिएको छ ।

घोराहीको कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले नेपालमा आउनुपर्ने जति पर्यटक ल्याउन नसकिएको बताउँदै पर्यटक मैत्री वातावरण निर्माणमा राज्य र व्यवसायीको हातेमालो हुनुपर्नेमा जोड दिनुभयो । उहाँले पर्यटकलाई अनावश्यक दुःख दिन नहुने उल्लेख गर्दै गुणस्तरीय र सस्तो सेवा दिन जरुरी रहेको बताउनुभयो । कार्यक्रममा घोराही उपमहानगरपालिकाकी उपमेयर हुमा डिसी, नेपाल पत्रकार महासंघका सचिव सविन प्रियासन, निवर्तमान अध्यक्ष विपुल पोख्रेल, दाङ देउखुरी होटल व्यवसायी सघका अध्यक्ष ईश्वर बुढा, दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेशकुमार श्रेष्ठ, पर्यटनविज्ञ दीपेन्द्र पहाडी, पर्यटन व्यवसायी किरण पोख्रेललगायतले आन्तरिक पर्यटन प्रवद्र्धनमा अन्तर प्रदेश सहकार्य आवश्यकता रहेको बताएका थिए । कार्यक्रमको सहजीकरण होटल संघ पोखराकी सचिव पार्वती पाण्डेले गर्नुभएको थियो ।

संघले द्वन्द्वको बेला पारेर झन्डै अढाईदशक अघि जाउँ है पोखरा अभियान शुरु गरेको थियो । अभियान शुरु गर्दा पोखरामा आन्तरिक पाहुनाको हिस्सा करिब पाँच प्रतिशत थियो । द्वन्द्वका कारण विदेशी पाहुना आउन नपाएको बेला आन्तरिक पाहुनालाई बोलाएर व्यवसाय धान्ने योजना अनुरुप संघले जाउँ है पोखरा अभियान चलाएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]