२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपालकै दोस्रो धेरै उपन्यास लेख्ने दाङका युवा समाजसेवी प्रियासन भन्छन्,म सातदिनमै उपन्यास लेख्छु’

Logo
Abc Sanchar प्रकाशित मंगलबार, आषाढ ०३, २०८२

दाङ । साहित्यमा २० वर्षभन्दा बढी सक्रिय रही हालसम्म ११ वटा उपन्यास प्रकाशित गर्नु भएका उपन्यासकार सविन प्रियासनज्यू, सर्वप्रथम तपाईंलाई हार्दिक बधाई दिन चाहन्छौं । तपाईंलाई अहिलेको तपाईँको साहित्यिक यात्राको मूल्यांकन कसरी गर्नुहुन्छ ?

–धन्यवाद । मेरो साहित्यिक यात्रा एक प्रकारको निरन्तर अभ्यास, समाजप्रतिको उत्तरदायित्व र कलमप्रतिको प्रतिबद्धताको परिणाम हो भन्न सकिन्छ । २०५८ सालतिरदेखि साहित्य लेख्न थालेको हुँ । शुरूमा कविताबाट सुरु भयो, त्यसपछि कथा, निबन्ध हुँदै उपन्यास लेखनमा गहिरिएँ । आज म जुन स्थानमा छु, त्यो कुनै आकस्मिकता होइन—समय, श्रम, अनुभव र समाजसँगको अन्तरक्रियाको उपज हो ।

) नेपालमा सबैभन्दा धेरै उपन्यास प्रकाशित गर्ने दोस्रो उपन्यासकारको रुपमा तपाईं स्थापित हुनुभएको छ । यो यात्रालाई तपाईंले व्यक्तिगत र राष्ट्रिय सन्दर्भमा कसरी हेर्नुहुन्छ ?

–यो मेरो व्यक्तिगत तर्फबाट एउटा सन्तोषको विषय हो । तर यो केवल व्यक्तिगत गौरवको कुरा होइन, यो मोफसलबाट लेखन गर्ने हाम्रा लेखकहरूका लागि पनि एक प्रेरणाको विषय हो । राजधानी केन्द्रित साहित्यिक अभ्यासबीच मोफसलबाट लेखिएका कृतिहरू पनि पाठकको रोजाइमा पर्न सक्छन् भन्ने कुरा मैले प्रमाणित गर्न सकेको छु भन्ने लाग्छ ।

३) तपाईंको लेखनीले विविध विषय समेटेको पाइन्छ—‘कडी’, ‘ब्रेकअप डायरी’, ‘एयरहोस्टेस’, ‘पुनरागमन’ देखि ‘रोदनपछिको’ सम्म । यी उपन्यासहरूमा तपाईंले कुन–कुन सामाजिक पक्ष समेट्न खोज्नुभएको छ ?

–हरेक उपन्यासमा कुनै न कुनै सन्देश हुन्छ । जस्तो ‘कडी’ले वर्ग–विभाजन र सामाजिक अन्यायमाथि चोट गर्छ, ‘ब्रेकअप डायरी’ले युवाको मनोविज्ञान र आधुनिक प्रेमबारे चर्चा गर्छ । ‘एयरहोस्टेस’ जीवनशैली, पेशा र पारिवारिक द्वन्द्वमा केन्द्रित छ भने ‘पुनरागमन’ र ‘रोदनपछिको’ जस्ता कृतिहरूले जीवनको मूलभूत प्रश्नहरूसँग पाठकलाई जुधाउँछन् । म लेखनलाई केवल मनोरञ्जनको माध्यम होइन, सामाजिक चेतना अभिव्यक्त गर्ने अस्त्रको रुपमा प्रयोग गर्छु ।
४) तपाईंले सात दिनमै उपन्यास लेख्ने क्षमता राख्नुभएको छ भन्ने पनि चर्चा छ । यसलाई के रणनीति वा अभ्यासको नतिजा भन्न सकिन्छ ?
–सात दिनमै लेखिएको उपन्यास भन्नाले लेख्ने गति मात्र होइन, सोचको स्पष्टता, कथावस्तुको परिपक्वता र लेखकको मानसिक तयारी पनि महत्वपूर्ण हुन्छ । ‘लकडाउन लभ’ मैले सात दिनभित्र लेखेँ, किनभने कथावस्तु मनमा धेरै पहिलेदेखि पकिरहेको थियो । लगातार लेखन गर्ने बानी र विषयप्रतिको गहिरो संवेदनशीलता हुँदा यस्तो सम्भव हुन्छ । म लेख्न बस्दा मलाई मेरो वरपर के भैरहेको छ भन्ने कुराले कुनै असर गर्दैन । म कथा, कथाभित्रको पात्र अनि परिवेशमा केन्द्रीत बन्छु ।

५) साहित्यसँगै पत्रकारितामा पनि तपाईंको सक्रियता देखिन्छ । दुवै क्षेत्रमा कलम चलाउनु तपाईंका लागि चुनौतीपूर्ण हुन्छ कि पूरक ?

–मलाई लाग्छ पत्रकारिता र साहित्य पूरक हुन् । पत्रकारिता तत्कालीन यथार्थलाई उजागर गर्छ भने साहित्य त्यस यथार्थलाई गहिराइमा गएर व्याख्या गर्छ । मैले पत्रकारिता गर्दा प्राप्त अनुभवहरूले साहित्यमा विषयवस्तुको विविधता दिन्छ । अहिले नेपाल पत्रकार

महासंघको केन्द्रीय सचिवको जिम्मेवारीमा छु, तर त्यो जिम्मेवारीले पनि मलाई अझ बढी सामाजिक उत्तरदायित्वको बोध गराउँछ ।

६) तपाईंले राप्ती साहित्य परिषद्को महासचिवको रूपमा पनि काम गर्नुभएको थियो । त्यस भूमिकाले तपाईंको साहित्यिक यात्रामा के योगदान दियो ?

–राप्ती साहित्य परिषद्ले मलाई साहित्यिक नेतृत्वको जिम्मेवारी सिकायो । मोफसलका लेखकहरूलाई संगठित गर्न, गोष्ठी र कार्यशालाहरू चलाउन र नयाँ पुस्तालाई प्रेरित गर्न म त्यो समयमा अग्रसर थिएँ । त्यो संस्थागत अनुभवले मेरो विचारलाई परिष्कृत बनायो । साहित्य केवल सिर्जनाको कुरा होइन, समुदाय निर्माण र नेतृत्वको पनि कुरा हो भन्ने मैले त्यहीँ सिकेँ । म यहाँसम्म आउनुमा राप्ती साहित्य परिषद्को ठूलो देन छ । सुरुमा म परिषद्को केन्द्रीय सदस्य पनि भएको हुँ ।

७) साहित्यको क्षेत्रमा योगदानका लागि तपाईं राष्ट्रपतिबाट विभूषित हुनुभएको छ । यस्तो सम्मानले तपाईंलाई कस्तो अनुभूति भयो ?

–राष्ट्रपतिबाट सम्मान पाउनु भनेको केवल व्यक्तिगत गर्वको कुरा होइन । त्यो सम्पूर्ण मोफसल साहित्यकारहरूको मान्यता हो । म यो सम्मानलाई मेरो लेखनीप्रतिको समाजको विश्वासको प्रतीक मान्छु । यसले थप लेख्न, अझ जिम्मेवारीपूर्वक समाजसँग संवाद गर्न प्रेरित गर्यो ।

८) दाङमा रहेको त्रिभुवन नगर जेसीजले तपाईंलाई पहिलो उत्कृष्ट युवा पुरस्कार दिएको थियो । यसले तपाईको यात्रामा कस्तो प्रभाव पा¥यो ?

–निश्चय पनि । त्यो मेरो जीवनको प्रारम्भिक सफलतामध्ये एक हो । जेसीजको म आजसम्म सदस्य भएको छैन । आफु नजोडिएको संस्थाले आफै मूल्यांकन गरेर त्यो पनि पहिलो पुरस्कार दिएपछि मलाई यसले समाजमा स्थापित हुन थप सहज बनायो । सामाजिक मान्यता र प्रोत्साहनले लेखकको आत्मविश्वास बढाउँछ । त्यसपछि मैले लेखनलाई केवल व्यक्तिगत रुचिको कुरा होइन, सामाजिक रूपान्तरणको साधनको रूपमा हेर्न थालेँ ।

९) तपाईंका कथा संग्रह र लेखसंग्रह पनि प्रकाशित छन् । ती कृतिहरूको भावभूमिबारे केही बताइदिनु होस ।

–ती कृतिहरूमा म दैनिक जीवनका अनुभव, समाजका विविध पक्ष, राजनीति, शिक्षा, युवाहरूको मनोविज्ञान लगायतका विषयहरू समेट्ने प्रयास गर्छु । लेख र पत्रिकाको सम्पादकीय संग्रहहरूमा पत्रकारिताको अनुभव मिसिएको छ भने कथा संग्रहमा संवेदनात्मक पक्ष बलियो देख्न सकिन्छ । म हरेक लेखनमार्फत पाठकको सोचमा केही सकारात्मक परिवर्तन ल्याउन चाहन्छु ।

१०) तपाईंको रचनाहरू विभिन्न राष्ट्रिय दैनिक, साप्ताहिक, मासिक पत्रपत्रिकामा छापिएका छन् । यसले तपाईंलाई कस्तो पाठक वर्ग बनाएको अनुभव छ ?

–म विविध पाठक वर्गसँग जोडिएको छु । युवाहरू, साहित्यप्रेमीहरू, अध्यापकहरू, पत्रकारहरू, महिला पाठकहरू—सबैसँग मेरो संवाद कायम छ । म विशेषतः आम मानि

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!