१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

बुधबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित बुधबार, आषाढ ०४, २०८२

आज २०८२ साल असार ४ गते बुधबार। असार कृष्ण पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ जुन १८ तारिख। गोरखकाली पूजा। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : दिन राम्रो छ। काममा उत्साह बढ्ने छ। दाजुभाइको साथ र सहयोग मिल्नेछ। बन्धुत्वको भावना बढ्नाले मनमा हर्ष बढ्ने योग छ। शिक्षाको क्षेत्रमा थप श्रम गर्नुपर्ने देखिन्छ।

वृष : तपाईंका लागि आजको दिन राम्रो छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। अवसरको सदुपयोग गर्नुपर्ने दिन छ। आफ्नो काम बिर्सिएर अरुको कामको चासो लिँदा घाटा हुनेछ। शिक्षामा प्रगति हुने दिन छ।

मिथुन : तपाईंको राशिमा शुभ ग्रहको आगमन भएकाले दिन राम्रो छ। राजनीतिक क्षेत्रको संकट टर्ने योग छ। स्वास्थ्यको उपचारमा भए सुधार हुनेछ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्ने जोखिम छ।

कर्कट : दिन सामान्य छ। अनावश्यक खर्च बढ्ने छ। तपाईंको बोलीकै कारण आफन्त टाढिने जोखिम छ। थोरै बोल्नु उचित हुन्छ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्ने छ।

सिंह : परिवारसँग रमाइलो घुमघाम गर्ने अवसर मिल्ने छ। सानो कुराले लामो समय मन अशान्त बन्ने जोखिम छ। अरुको कुरा सुन्ने भन्दा आफ्नो काममा ध्यान दिनु उचित हुन्छ। व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ।

कन्या : आज तपाईंमाथि पारिवारिक बोझ थपिने छ। परिवारको सल्लाह लिएर मात्र अगाडि बढ्नु उचित हुन्छ। एकल निर्णयले घाटा हुने जोखिम छ। पैतृक सम्पत्तिबाट भने लाभ हुने योग छ।

तुला : मुल त्रिकोणमा चन्द्रमा पुगेकाले शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। तपाईंको कामको प्रशंसा हुनेछ। लगानी गरेको भए व्यापारमा नाफा हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

वृश्चिक : दिन सामान्य छ। कामको बोझ थपिँदै जानेछ। राम्रा कामको जस अरुले लिनेछन्। विपक्षी साथीको साथ र सहयोग मिल्नेछ। परिवारको साथमा अगाडि बढ्दा दैनिक काम सहज बन्ने छ।

धनु : दिन राम्रो छ। कृषिको व्यापारबाट नाफा हुनेछ। एकल भन्दा सामूहिक लगानीबाट गरेको व्यापारमा फाइदा हुने योग छ। परिवारमा नयाँ सदस्यलाई स्वागत गर्ने अवसर प्राप्त हुनेछ।

मकर : दिन राम्रो छ। बोलीको प्रभावले राम्रो काम बन्ने छ। मनको कुरा साथीसँग शेयर गर्दा फाइदा हुन्छ। विपक्षीले साथ दिँदा राजनीतिमा ठुलो उपलब्धि हात लाग्ने छ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

कुम्भ : सञ्चित धन खर्च हुने दिन छ। आफूभन्दा ठुला व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। औद्योगिक क्षेत्रमा लगानी गरेको भए राम्रो नाफा आर्जन हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्ने छ।

मीन : दिन सामान्य छ। मध्य साढेसाती शनिदशाको प्रभावले शरीरमा अल्छीपन बढ्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुन्छ। राजनीतिक क्षेत्रमा विपक्षीको आक्रमण हुने जोखिम छ। स्वास्थ्यमा भने सुधार हुनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

error: Content is protected !!