२४ आषाढ २०८२, मंगलबार
08-07-2025 , Tue
×

बुधबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित बुधबार, आषाढ ०४, २०८२

आज २०८२ साल असार ४ गते बुधबार। असार कृष्ण पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ जुन १८ तारिख। गोरखकाली पूजा। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : दिन राम्रो छ। काममा उत्साह बढ्ने छ। दाजुभाइको साथ र सहयोग मिल्नेछ। बन्धुत्वको भावना बढ्नाले मनमा हर्ष बढ्ने योग छ। शिक्षाको क्षेत्रमा थप श्रम गर्नुपर्ने देखिन्छ।

वृष : तपाईंका लागि आजको दिन राम्रो छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। अवसरको सदुपयोग गर्नुपर्ने दिन छ। आफ्नो काम बिर्सिएर अरुको कामको चासो लिँदा घाटा हुनेछ। शिक्षामा प्रगति हुने दिन छ।

मिथुन : तपाईंको राशिमा शुभ ग्रहको आगमन भएकाले दिन राम्रो छ। राजनीतिक क्षेत्रको संकट टर्ने योग छ। स्वास्थ्यको उपचारमा भए सुधार हुनेछ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्ने जोखिम छ।

कर्कट : दिन सामान्य छ। अनावश्यक खर्च बढ्ने छ। तपाईंको बोलीकै कारण आफन्त टाढिने जोखिम छ। थोरै बोल्नु उचित हुन्छ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्ने छ।

सिंह : परिवारसँग रमाइलो घुमघाम गर्ने अवसर मिल्ने छ। सानो कुराले लामो समय मन अशान्त बन्ने जोखिम छ। अरुको कुरा सुन्ने भन्दा आफ्नो काममा ध्यान दिनु उचित हुन्छ। व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ।

कन्या : आज तपाईंमाथि पारिवारिक बोझ थपिने छ। परिवारको सल्लाह लिएर मात्र अगाडि बढ्नु उचित हुन्छ। एकल निर्णयले घाटा हुने जोखिम छ। पैतृक सम्पत्तिबाट भने लाभ हुने योग छ।

तुला : मुल त्रिकोणमा चन्द्रमा पुगेकाले शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। तपाईंको कामको प्रशंसा हुनेछ। लगानी गरेको भए व्यापारमा नाफा हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

वृश्चिक : दिन सामान्य छ। कामको बोझ थपिँदै जानेछ। राम्रा कामको जस अरुले लिनेछन्। विपक्षी साथीको साथ र सहयोग मिल्नेछ। परिवारको साथमा अगाडि बढ्दा दैनिक काम सहज बन्ने छ।

धनु : दिन राम्रो छ। कृषिको व्यापारबाट नाफा हुनेछ। एकल भन्दा सामूहिक लगानीबाट गरेको व्यापारमा फाइदा हुने योग छ। परिवारमा नयाँ सदस्यलाई स्वागत गर्ने अवसर प्राप्त हुनेछ।

मकर : दिन राम्रो छ। बोलीको प्रभावले राम्रो काम बन्ने छ। मनको कुरा साथीसँग शेयर गर्दा फाइदा हुन्छ। विपक्षीले साथ दिँदा राजनीतिमा ठुलो उपलब्धि हात लाग्ने छ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

कुम्भ : सञ्चित धन खर्च हुने दिन छ। आफूभन्दा ठुला व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। औद्योगिक क्षेत्रमा लगानी गरेको भए राम्रो नाफा आर्जन हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्ने छ।

मीन : दिन सामान्य छ। मध्य साढेसाती शनिदशाको प्रभावले शरीरमा अल्छीपन बढ्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुन्छ। राजनीतिक क्षेत्रमा विपक्षीको आक्रमण हुने जोखिम छ। स्वास्थ्यमा भने सुधार हुनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष : दिन सामान्य छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। साथीभाइको व्यवहारले मन अशान्त बन्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। साथीको साथ मिल्नेछ। शिक्षामा प्रगति हुनेछ। वृष : दिन राम्रो छ। बोलीको प्रभावले काम बन्नेछ। स्वास्थ्यको ख्याल नगर्ने बानीले समस्या हुनेछ। परिवारमा रमाइलो घुमघाम हुनेछ। मिठो खाने अवसर प्राप्त होला। आम्दानी बढ्नेछ। मिथुन : […]

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरको माहतहतमा अस्थायी ट्राफिक प्रहरी पोष्टहरुले विभिन्न स्थानहरुमा,दुई पाङ्ग्रे सवारी चालकहरु, अन्य सवारी चालक ,सह चालक साईकल यात्री, सर्वसाधरणहरुलाई भेला जम्मा गराई ट्राफिक नियम ,लेन अनुशासन ,ओभेरटेक गर्ने तरिका , सडक प्रयोग गर्दा ध्यान दिनु पर्ने कुरा ,सवारी दुर्घटनाबाट बच्ने उपायका बारेमा सचेतना गरिएको बाँके जिल्ला ट्राफिक प्रहरीले […]

  दाङ । गढवा धानखोल कृषि सहकारी संस्था लगायत अन्य सहकारी संस्थामा भएको भनिएको बजेट दुरुपयोग तथा घोटालाको निष्पक्ष छानबिनको माग गर्दै गढवा गाउँपालिकामा अनसनरत रहेका स्थानीय युवा तथा सामाजिक अभियन्ता सन्देश भण्डारीले आफ्नो अनसन अन्त्य गरेका छन्। भण्डारीले उठाएका मागहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको र सो मामिलामा गाउँपालिका पूर्णरूपमा सहयोग गर्न तयार रहेको […]

error: Content is protected !!