१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

डडेल्धुराका व्यवसायीको कारागारमा रहस्यमय मृत्यु पछि सुदूरपश्चिमका ७ पहाडी जिल्लाको यातायता ठप्प

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आषाढ ०४, २०८२

धनगढी । डडेल्धुराका २८ वर्षीय व्यवसायी हरिसिंह पालीको कारागारमा रहस्यमय मृ’त्यु भएपछि सुदूरपश्चिमका सात पहाडी जिल्लाको यातायता ठप्प पारिएको छ ।

बैंकिङ्ग कसुरमा प’क्राउ परेका पालीको मृ’त्यु प्रहरीको कु’टपिटका कारण भएको भन्दै उनका आफन्त र व्यवसायीहरूले सुदूरपहाडको यातायात पूर्णरूपमा बन्द गराएका हुन्। प्रहरीका अनुसार पालीलाई २९ फागुनमा कैलाली जिल्ला अदालतले १० दिन कैद र दुई लाख जरिवाना तोकेको थियो। सोही सजाय कार्यान्वयन गर्न पालीलाई डडेल्धुराको अमरगढी नगरपालिका–५ स्थित तुफानडाँडाबाट प’क्राउ गरिएको थियो ।

प’क्राउपछिको दुई दिनमै उनको कैलाली कारागारमा मृ’त्यु भएको हो। पालीको मृ’त्यु भएपछि उनको परिवारले ग’म्भीर आ’रोप लगाएको छ। मृ’तकका काका पदमसिंह पालीले कारागारभित्रै पालीलाई या’तना दिइएको दाबी गरेका छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

error: Content is protected !!