धनगढी । डडेल्धुराका २८ वर्षीय व्यवसायी हरिसिंह पालीको कारागारमा रहस्यमय मृ’त्यु भएपछि सुदूरपश्चिमका सात पहाडी जिल्लाको यातायता ठप्प पारिएको छ ।
बैंकिङ्ग कसुरमा प’क्राउ परेका पालीको मृ’त्यु प्रहरीको कु’टपिटका कारण भएको भन्दै उनका आफन्त र व्यवसायीहरूले सुदूरपहाडको यातायात पूर्णरूपमा बन्द गराएका हुन्। प्रहरीका अनुसार पालीलाई २९ फागुनमा कैलाली जिल्ला अदालतले १० दिन कैद र दुई लाख जरिवाना तोकेको थियो। सोही सजाय कार्यान्वयन गर्न पालीलाई डडेल्धुराको अमरगढी नगरपालिका–५ स्थित तुफानडाँडाबाट प’क्राउ गरिएको थियो ।
प’क्राउपछिको दुई दिनमै उनको कैलाली कारागारमा मृ’त्यु भएको हो। पालीको मृ’त्यु भएपछि उनको परिवारले ग’म्भीर आ’रोप लगाएको छ। मृ’तकका काका पदमसिंह पालीले कारागारभित्रै पालीलाई या’तना दिइएको दाबी गरेका छ्न ।