०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

तीनकुनेमा दुर्गा प्रसाईंको गाडीभित्रबाट भिडियो खिच्ने दहाललाई ५ हजार धरौटीमा छाड्न आदेश,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आषाढ ०४, २०८२

काठमाडौं । जिल्ला अदालत काठमाडौँले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंस्रक प्रदर्शनका क्रममा पक्राउ परेका नेपाल पुकार डटकमका सम्पादक प्रकाशचन्द्र दाहाललाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

बुधबार न्यायाधीश रेशराज शर्माको इजलासले दाहालले पेसागत कार्यअन्तर्गत उक्त भिडियो खिचेको ठहर गर्दै उनलाई थुनामा राख्नुपर्ने अवस्था नदेखिएकाले पुर्पक्षका लागि धरौटीमा छाड्न आदेश गरेको हो ।

उक्त आन्दोलनका क्रममा दाहालले मुख्य आरोपी दुर्गा प्रसाईंको गाडीभित्रबाट भिडियो खिचेका थिए । दाहाललाई राज्यविरुद्ध कसुरलगायतका आरोप लगाउँदै मुद्दा दायर भएको थियो ।

दाहालले खिचेका ती भिडियो र तस्बिर घटनाको अनुसन्धानका लागि पनि प्रयोग भएका थिए । दाहालले थुनछेक बहसका क्रममा आफू लुटपाट र आगजनीजस्ता समाजलाई आतङ्कित बनाउने कार्यमा सहभागी नभएको र समाचार सङ्कलनका क्रममा ती भिडियो आफ्नो च्यानलमार्फत प्रकाशन गरेको बताएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । श्रीलङ्काली प्रहरीले जङ्गली हात्तीलाई आगो लगाएको भिडियो भाइरल भएपछि जनावरहरूप्रति क्रूरता देखाएको आरोपमा तीन जनालाई बिहीबार पक्राउ गरेको छ। प्रहरीले ४२ देखि ५० वर्ष उमेर समूहका ती व्यक्तिलाई कोलम्बोबाट करिब २०० किलोमिटर उत्तरमा पर्ने अनुराधापुरा जिल्लाबाट नियन्त्रणमा लिएको जनाएको छ । उनीहरूलाई सामाजिक सञ्जालमा साझा गरेपछि उत्पन्न व्यापक विरोधपछि डिसेम्बर २४ सम्म हिरासतमा […]

काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन गराउन नसके मार्ग प्रशस्त गर्न प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गरेका छन् । बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि सम्बोधन गर्दै उनले भने, ‘सके निर्वाचनको तयारी गर, नत्र बाटो लाग।’ उनले भदौ २४ गते आफूहरूलाई धोका भएको भन्दै टोलटोलमा सुरक्षा दस्ता तयार पार्न पार्टीका नेता […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवा जाने तयारीमा जुटेका छन् । बिहीबार उच्च अदालत, बुटबलले लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएसँगै आवश्यक कागजी प्रक्रिया मिलाउन भैरहवा जान लागेका हुन् । रास्वपा स्रोतका अनुसार उनी भोलि बिहान फ्लाइट मार्फत भैरहवा जानेछन् । उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न […]

error: Content is protected !!