१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

काठमाडौं महानगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डेमाथिको निलम्बन कारबाही उच्च अदालत पाटनद्वारा बदर

Logo
Abc Sanchar प्रकाशित बुधबार, आषाढ ०४, २०८२

काठमाडौं । महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेमाथि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेको निलम्बनको कारबाही उच्च अदालत पाटनले बदर गरेको छ । बिहीबार उच्च अदालतका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेको मागबमोजिम उत्प्रेषणको आदेश दिएको हो । यो आदेशसँगै अब पाण्डे पदीय जिम्मेवारीमा फर्किन पाउने भएका छन् ।
गत चैत २१ आफूलाई कार्यालय प्रवेशमा रोक लगाउन खोजेको विषयमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले पाण्डेलाई जेठ ६मा ७ बुँदे स्पष्टीकरण साेधेका थिए । जुन स्पष्टीकरण चित्तबुझ्दाे नभएकाे भन्दै उनले जेठ २० मा ६ महिनाका लागि निलम्बनको पत्र थमाएका थिए ।
महानगर प्रहरी ऐन, २०८० अनुसार नगर प्रहरी महानगरको प्रमुख प्रशासकीय अधिकृत मातहत परिचालन हुने व्यवस्था छ । साेही व्यवस्थालाई टेक्दै उनले यस्ताे कारबाही गरेका थिए । तर, उनकाे कारबाहीलाई अदालतले मनासिब आधार नभएकाे बताएकाे छ । जाँचबुझ समिति बनाउँदैमा निलम्बनकाे निर्णय गर्न नपर्ने अदालतकाे आदेश छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

काठमाडौं । फोटोमा तत्कालीन आईजी उपेन्द्रकान्त अर्यालसहित जेन–जी आन्दोलन जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्मा, हालै गठित सम्पत्ति छानवीन आयोगका सदस्य गणेश केसी (तत्कालीन डीआईजीहरु) र हाल लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्री पनि देखिएका कारण सोधखोज बढी भएको बुझेँ । त्यसबेला (विसं २०७१) म माननीय उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको प्रेस संयोजकको जिम्मेवारीमा थिएँ । हामी […]

error: Content is protected !!