०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

सडक दुर्घटना न्यूनीकरणमा पहिलो प्राथमिकता, जिल्ला ट्राफिक दाङका ट्राफिक प्रमुख उपेन्द्र बम

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित बुधबार, आषाढ ०४, २०८२

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा भर्खरै सरुवा भएर आउनु भएका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बमले ट्राफिक प्रहरीको मुख्य काम दुर्घटना न्यूनीकरणमा पहिलो प्राथमिकता हुने बताएका छन् ।

केन्द्रिय अनुसन्धान ब्युरो सिआईबी काठमाडौंबाट सुरुवा भएर जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा आउनु भएका ट्राफिक प्रमुख प्रहरी निरीक्षक बमले सडक दुर्घटना न्यूनीकरणमा पहिलो प्राथमिकता हुने बताएका छन ।

ट्राफिक न्यूनीकरणका लागि सचेतना मुलक कार्यक्रमहरु निरंतरता ट्राफिक नियमको कडाई गर्ने बताएका छन । ‘सडक दुर्घटना न्यूनीकरणका लागि सवैभन्दा पहिले सचेतना मुलक कार्यक्रम गर्नेछौ, त्यसका लागि हामीलाई सवैको सहयोग आवश्यक रहन्छ’ ट्राफिक प्रमुख प्रहरी निरीक्षक बमले ‘सचेतनामुलक कार्यक्रम गर्दा पनि अटेर गर्ने हरुलाई कारवाही गछौं । ट्राफिक प्रहरीले मात्रै चाहेर दुर्घटना न्यूनीकरण गर्न नसक्ने बताए । ओभरलोड बोक्ने टिप्परका कारण सडकको अवस्था कमजोरसँगै दुर्घटनाको जोखिम बढाउने भन्दै यसलाई रोक्ने बताए ।

त्यसैगरी दाङ जिल्लाको मुख्य बजार क्षेत्रमा ट्राफिक संकेत राख्नका लागि समेत सम्वन्धीत निकायसँग छलफल भैरहेको बताए । दाङ जिल्लाका मुख्य बजारका सडकहरुमा ट्राफिक संकेत राख्ने विषयमा नगरपालिकासँग छलफल गरेर । सडकमा पछि राख्ने र निर्माण भैसकेको सडकमा ट्राफिक संकेत राखौ भन्ने कुरा राखेको बताए ।

मोडिफाई सवारी साधन र साइलेन्जर पड्काउने लाई विशेष निगरानीको साथमा कार्वाही गर्ने र सहरी क्षेत्रका सडकमा ट्राफिक संकेत राख्न सके दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने साथै दाङ जिल्लामा अटोहरुको धेरै संख्या रहेकोले जथाभावी अटो पार्किङले ट्राफिक नै जाम हुने गरेको गुनासो समेत आएकोले तत्कालै थप पार्किङको लागि नगरपालिकासंग समन्वय गरेर ब्यबस्थापन गर्दै जाने दाङ जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक बमले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले आफूविरुद्ध लागेको सहकारीसम्बन्धी मुद्दामा बिगोबराबरको जमानत बुझाएर थुनामुक्त हुन माग गर्दै दिएको निवेदनमा आज सुनुवाई हुँदैछ । उच्च अदालत तुलसीपुरको बुटवल इजलास स्रोतका अनुसार यसअघि विभिन्न कारणले सुनुवाई सरेकोमा आज भने सुनुवाई हुने अवस्था छ । सुनुवाईपछि फैसला […]

विराटनगर । एकतर्फी प्रेम र प्रतिशोधले मानिसलाई कतिसम्म गिराउन सक्छ भन्ने उदाहरण मोरङको धनपालथान गाउँपालिकामा देखिएको छ । धनपालथान गाउँपालिका – २ का राजिव चौधरीकाे विवाह भएको १०–१२ दिन मात्र भएको थियो । नवविवाहित राजिव मंसिर २७ गते कामका लागि कर्सिया बजारमा आए । मोटरसाइकल पार्किङ गरेर उनी आफ्नाे काम गर्दै थिए, प्रहरी आएर खानतलासी […]

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

error: Content is protected !!