२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

सडक दुर्घटना न्यूनीकरणमा पहिलो प्राथमिकता, जिल्ला ट्राफिक दाङका ट्राफिक प्रमुख उपेन्द्र बम

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित बुधबार, आषाढ ०४, २०८२

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा भर्खरै सरुवा भएर आउनु भएका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बमले ट्राफिक प्रहरीको मुख्य काम दुर्घटना न्यूनीकरणमा पहिलो प्राथमिकता हुने बताएका छन् ।

केन्द्रिय अनुसन्धान ब्युरो सिआईबी काठमाडौंबाट सुरुवा भएर जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा आउनु भएका ट्राफिक प्रमुख प्रहरी निरीक्षक बमले सडक दुर्घटना न्यूनीकरणमा पहिलो प्राथमिकता हुने बताएका छन ।

ट्राफिक न्यूनीकरणका लागि सचेतना मुलक कार्यक्रमहरु निरंतरता ट्राफिक नियमको कडाई गर्ने बताएका छन । ‘सडक दुर्घटना न्यूनीकरणका लागि सवैभन्दा पहिले सचेतना मुलक कार्यक्रम गर्नेछौ, त्यसका लागि हामीलाई सवैको सहयोग आवश्यक रहन्छ’ ट्राफिक प्रमुख प्रहरी निरीक्षक बमले ‘सचेतनामुलक कार्यक्रम गर्दा पनि अटेर गर्ने हरुलाई कारवाही गछौं । ट्राफिक प्रहरीले मात्रै चाहेर दुर्घटना न्यूनीकरण गर्न नसक्ने बताए । ओभरलोड बोक्ने टिप्परका कारण सडकको अवस्था कमजोरसँगै दुर्घटनाको जोखिम बढाउने भन्दै यसलाई रोक्ने बताए ।

त्यसैगरी दाङ जिल्लाको मुख्य बजार क्षेत्रमा ट्राफिक संकेत राख्नका लागि समेत सम्वन्धीत निकायसँग छलफल भैरहेको बताए । दाङ जिल्लाका मुख्य बजारका सडकहरुमा ट्राफिक संकेत राख्ने विषयमा नगरपालिकासँग छलफल गरेर । सडकमा पछि राख्ने र निर्माण भैसकेको सडकमा ट्राफिक संकेत राखौ भन्ने कुरा राखेको बताए ।

मोडिफाई सवारी साधन र साइलेन्जर पड्काउने लाई विशेष निगरानीको साथमा कार्वाही गर्ने र सहरी क्षेत्रका सडकमा ट्राफिक संकेत राख्न सके दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने साथै दाङ जिल्लामा अटोहरुको धेरै संख्या रहेकोले जथाभावी अटो पार्किङले ट्राफिक नै जाम हुने गरेको गुनासो समेत आएकोले तत्कालै थप पार्किङको लागि नगरपालिकासंग समन्वय गरेर ब्यबस्थापन गर्दै जाने दाङ जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक बमले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।