०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

बिहीबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित बिहिबार, आषाढ ०५, २०८२

मेष-आज खर्च बढ्ने देखिन्छ। बोली र व्यवहारमा संयमता राख्नुपर्छ। करियरमा केही तनाव आउन सक्छ, तर धैर्यपूर्वक अघि बढे सफलता पाउने सम्भावना छ। विवादबाट टाढा रहनु ठीक हुनेछ।

वृष-लाभका संकेत देखिन्छ। प्रयास गर्दा काम बन्नेछन्। विगतका समस्याको समाधानतर्फ चित्त बुझ्ने स्थिति आउन सक्छ। प्रेम र पारिवारिक सम्बन्धमा सुधार देखिन्छ।

मिथुन-कामको चाप बढ्न सक्छ। पद प्रतिष्ठा वा जिम्मेवारी थपिन सक्छ। थकाइ र मानसिक दबाब अनुभूति हुन सक्छ। समयको व्यवस्थापनमा ध्यान पुर्‍याउनु उपयुक्त हुनेछ।

कर्कट-भाग्यबलले साथ दिने समय हो। रुचिका क्षेत्रमा सफलता मिल्नेछ। बौद्धिक क्रियाकलाप वा अध्ययनमा प्रगति हुनेछ। गुरुबारको दिन धार्मिक कार्यमा लागे फाइदा हुनेछ।

सिंह-अनावश्यक खर्च र भावनात्मक उतारचढावको समय हुन सक्छ। गोप्य शत्रु वा आलोचक सक्रिय हुन सक्छन्। ध्यान, साधना वा मौनमा बसेर दिन बिताउन सकिए मानसिक शान्ति मिल्नेछ।

कन्या-चन्द्रमा राशिमा रहेकाले मन चञ्चल हुन सक्छ। तर, आजको दिन निर्णय गर्न भन्दा सोचविचार गर्न उपयुक्त देखिन्छ। साझेदारी वा वैवाहिक सम्बन्धमा संवेदनशीलता आवश्यक छ।

तुला-कामको चाप र थकानले प्रभाव पार्न सक्छ। स्वास्थ्यमा अलिक कमजोर अनुभूति हुन सक्छ। सेवा र दायित्व पुरा गर्नुपर्ने दिन हो। विश्राम र सन्तुलन आवश्यक छ।

वृश्चिक-मन रमाउने दिन हो। सिर्जनात्मक काममा प्रगति हुनेछ। संतानसँग सम्बन्ध सुधारिन सक्छ। प्रेम र रुचिका विषयमा मन तानिनेछ। मिहिनेत अनुसार प्रशंसा पाइनेछ।

धनु-घरपरिवारको जिम्मेवारी बढ्न सक्छ। घरायसी कुरामा संवेदनशील बन्नु राम्रो हुन्छ। सम्पत्ति सम्बन्धी निर्णयमा धैर्य गर्नुपर्ने समय हो। आफन्तसँग समय बिताउन मिल्नेछ।

मकर-नयाँ कुरा सिक्ने अवसर मिल्नेछ। यात्राको सम्भावना देखिन्छ। भाइबहिनी वा साथीसँगको सम्बन्धमा सुधार आउनेछ। निर्णय क्षमता बढ्नेछ।

कुम्भ -धनसञ्चय गर्न सकिने दिन हो। परिवारसँग सम्बन्ध सुदृढ बन्नेछ। नयाँ योजनाको सुरुवात गर्न उपयुक्त समय हो। काममा निरन्तरता दिन सकिनेछ।

मीन-वैवाहिक वा साझेदारी सम्बन्धमा सुधार आउनेछ। सहयोगी साथ पाइनेछ। आत्मविश्वास बढ्नेछ, तर विचारपूर्वक काम गर्नु राम्रो हुनेछ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले आफूविरुद्ध लागेको सहकारीसम्बन्धी मुद्दामा बिगोबराबरको जमानत बुझाएर थुनामुक्त हुन माग गर्दै दिएको निवेदनमा आज सुनुवाई हुँदैछ । उच्च अदालत तुलसीपुरको बुटवल इजलास स्रोतका अनुसार यसअघि विभिन्न कारणले सुनुवाई सरेकोमा आज भने सुनुवाई हुने अवस्था छ । सुनुवाईपछि फैसला […]

विराटनगर । एकतर्फी प्रेम र प्रतिशोधले मानिसलाई कतिसम्म गिराउन सक्छ भन्ने उदाहरण मोरङको धनपालथान गाउँपालिकामा देखिएको छ । धनपालथान गाउँपालिका – २ का राजिव चौधरीकाे विवाह भएको १०–१२ दिन मात्र भएको थियो । नवविवाहित राजिव मंसिर २७ गते कामका लागि कर्सिया बजारमा आए । मोटरसाइकल पार्किङ गरेर उनी आफ्नाे काम गर्दै थिए, प्रहरी आएर खानतलासी […]

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

error: Content is protected !!