२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बिहीबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित बिहिबार, आषाढ ०५, २०८२

मेष-आज खर्च बढ्ने देखिन्छ। बोली र व्यवहारमा संयमता राख्नुपर्छ। करियरमा केही तनाव आउन सक्छ, तर धैर्यपूर्वक अघि बढे सफलता पाउने सम्भावना छ। विवादबाट टाढा रहनु ठीक हुनेछ।

वृष-लाभका संकेत देखिन्छ। प्रयास गर्दा काम बन्नेछन्। विगतका समस्याको समाधानतर्फ चित्त बुझ्ने स्थिति आउन सक्छ। प्रेम र पारिवारिक सम्बन्धमा सुधार देखिन्छ।

मिथुन-कामको चाप बढ्न सक्छ। पद प्रतिष्ठा वा जिम्मेवारी थपिन सक्छ। थकाइ र मानसिक दबाब अनुभूति हुन सक्छ। समयको व्यवस्थापनमा ध्यान पुर्‍याउनु उपयुक्त हुनेछ।

कर्कट-भाग्यबलले साथ दिने समय हो। रुचिका क्षेत्रमा सफलता मिल्नेछ। बौद्धिक क्रियाकलाप वा अध्ययनमा प्रगति हुनेछ। गुरुबारको दिन धार्मिक कार्यमा लागे फाइदा हुनेछ।

सिंह-अनावश्यक खर्च र भावनात्मक उतारचढावको समय हुन सक्छ। गोप्य शत्रु वा आलोचक सक्रिय हुन सक्छन्। ध्यान, साधना वा मौनमा बसेर दिन बिताउन सकिए मानसिक शान्ति मिल्नेछ।

कन्या-चन्द्रमा राशिमा रहेकाले मन चञ्चल हुन सक्छ। तर, आजको दिन निर्णय गर्न भन्दा सोचविचार गर्न उपयुक्त देखिन्छ। साझेदारी वा वैवाहिक सम्बन्धमा संवेदनशीलता आवश्यक छ।

तुला-कामको चाप र थकानले प्रभाव पार्न सक्छ। स्वास्थ्यमा अलिक कमजोर अनुभूति हुन सक्छ। सेवा र दायित्व पुरा गर्नुपर्ने दिन हो। विश्राम र सन्तुलन आवश्यक छ।

वृश्चिक-मन रमाउने दिन हो। सिर्जनात्मक काममा प्रगति हुनेछ। संतानसँग सम्बन्ध सुधारिन सक्छ। प्रेम र रुचिका विषयमा मन तानिनेछ। मिहिनेत अनुसार प्रशंसा पाइनेछ।

धनु-घरपरिवारको जिम्मेवारी बढ्न सक्छ। घरायसी कुरामा संवेदनशील बन्नु राम्रो हुन्छ। सम्पत्ति सम्बन्धी निर्णयमा धैर्य गर्नुपर्ने समय हो। आफन्तसँग समय बिताउन मिल्नेछ।

मकर-नयाँ कुरा सिक्ने अवसर मिल्नेछ। यात्राको सम्भावना देखिन्छ। भाइबहिनी वा साथीसँगको सम्बन्धमा सुधार आउनेछ। निर्णय क्षमता बढ्नेछ।

कुम्भ -धनसञ्चय गर्न सकिने दिन हो। परिवारसँग सम्बन्ध सुदृढ बन्नेछ। नयाँ योजनाको सुरुवात गर्न उपयुक्त समय हो। काममा निरन्तरता दिन सकिनेछ।

मीन-वैवाहिक वा साझेदारी सम्बन्धमा सुधार आउनेछ। सहयोगी साथ पाइनेछ। आत्मविश्वास बढ्नेछ, तर विचारपूर्वक काम गर्नु राम्रो हुनेछ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]