०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

पानी पर्दा डुवानको समस्यामा हुँदै आएको घोराही बजारको अनुगमनमा मेयर नरुलाल चौधरी

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, आषाढ ०५, २०८२

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित मेन रोडको पानीलाई निकास दिने विषयमा नगर प्रमुख नरुलाल चौधरीले सडक डिभिजन कार्यालयका प्रमुख, डिभिजन इन्जिनियर दिपेन्द्र विष्ट र उपमहानगरपालिकाका शहरि विकास तथा पूर्वाधार महाशाखा प्रमुख, सिनियर डिभिजनल इन्जिनियर युवराज पौडेललाई फिल्डमै लिएर अध्ययन थाल्नुभएको छ । बर्षेनी समस्या आउने गरेको भन्दै स्वर्गद्धारी एफएम र मेनरोड क्षेत्रमा हुदै आएको डुवानलाई नालाबाट निकास दिन आबस्यक भौतिक संरचना र बजेटको इष्टिमेट गर्न दुबै इन्जिनियरहरुलाई नगर प्रमुखले जिम्मेवारी दिनुभएको छ । मेनरोडको पानी बुद्ध हस्पिटल हुदै गुम्राह चोकबाट कटुवाखोलामा खसाल्ने गरिको इष्टिमेट तयार पार्न जिम्मेवारी दिनुभएको छ । आगामी आर्थिक बर्षमा काम गर्ने गरि योजना तयार पार्ने नगर प्रमुख चौधरीले बताउनुभयो । सडक डिभिजनलाई यो काम गर्न नगर प्रमुखले आग्रह गर्नुभएको छ । डिभिजनले गर्ने इष्टिमेट र जवाफमा कामको भर पर्ने उहाँको भनाई छ । त्यो सम्भव नभए नगरले भए पनि काम गर्ने उल्लेख गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले आफूविरुद्ध लागेको सहकारीसम्बन्धी मुद्दामा बिगोबराबरको जमानत बुझाएर थुनामुक्त हुन माग गर्दै दिएको निवेदनमा आज सुनुवाई हुँदैछ । उच्च अदालत तुलसीपुरको बुटवल इजलास स्रोतका अनुसार यसअघि विभिन्न कारणले सुनुवाई सरेकोमा आज भने सुनुवाई हुने अवस्था छ । सुनुवाईपछि फैसला […]

विराटनगर । एकतर्फी प्रेम र प्रतिशोधले मानिसलाई कतिसम्म गिराउन सक्छ भन्ने उदाहरण मोरङको धनपालथान गाउँपालिकामा देखिएको छ । धनपालथान गाउँपालिका – २ का राजिव चौधरीकाे विवाह भएको १०–१२ दिन मात्र भएको थियो । नवविवाहित राजिव मंसिर २७ गते कामका लागि कर्सिया बजारमा आए । मोटरसाइकल पार्किङ गरेर उनी आफ्नाे काम गर्दै थिए, प्रहरी आएर खानतलासी […]

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

error: Content is protected !!