२४ आषाढ २०८२, मंगलबार
08-07-2025 , Tue
×

गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित राजीव गुरुङ दीपक मनाङेको सांसद पद खारेज

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आषाढ ०५, २०८२

 

कास्की । ज्यान मार्ने उद्योगमा दोषी ठहर भई गएको कात्तिक अन्तिम हप्ता जेल चलान भएका मनाङेको पद रिक्त भएको हो । सर्वोच्च अदालतको संवैधानिक इजालसले उम्मेदवार हुनसमेत अयोग्य भएको उल्लेख गर्दै गुरुङले विवरण झुक्याएर सांसद बनेको ठहर गरेको हो । इजलासको निर्णयसँगै मनाङ ‘ख’मा उपचुनाव हुने भएको छ ।

मनाङे यसअघि छ पटक प्रदेशको मन्त्री भएका थिए । कहिले नेकपा, कहिले एकीकृत समाजवादी प्रवेश गरेका मनाङेको संसद सचिवालयमा भने स्वतन्त्र संसदकै हैसियत थियो । मनाङेलाई यसअघि उच्च अदालत पाटनले २०६९ मा ज्यान मार्ने अभियोगमा पाँच वर्ष कैद हुने फैसला गरेको थियो । दुई पटक गरी ३२ महिना जेल बसिसकेका मनाङे कैद भुक्तानका लागि अब २० महिना जेल बस्नुपर्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरको माहतहतमा अस्थायी ट्राफिक प्रहरी पोष्टहरुले विभिन्न स्थानहरुमा,दुई पाङ्ग्रे सवारी चालकहरु, अन्य सवारी चालक ,सह चालक साईकल यात्री, सर्वसाधरणहरुलाई भेला जम्मा गराई ट्राफिक नियम ,लेन अनुशासन ,ओभेरटेक गर्ने तरिका , सडक प्रयोग गर्दा ध्यान दिनु पर्ने कुरा ,सवारी दुर्घटनाबाट बच्ने उपायका बारेमा सचेतना गरिएको बाँके जिल्ला ट्राफिक प्रहरीले […]

  दाङ । गढवा धानखोल कृषि सहकारी संस्था लगायत अन्य सहकारी संस्थामा भएको भनिएको बजेट दुरुपयोग तथा घोटालाको निष्पक्ष छानबिनको माग गर्दै गढवा गाउँपालिकामा अनसनरत रहेका स्थानीय युवा तथा सामाजिक अभियन्ता सन्देश भण्डारीले आफ्नो अनसन अन्त्य गरेका छन्। भण्डारीले उठाएका मागहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको र सो मामिलामा गाउँपालिका पूर्णरूपमा सहयोग गर्न तयार रहेको […]

  काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस विधेयकमा दुर्घटना, चोटपटक, अंगभंग, मृत्यु र मालसामानको क्षतिपूर्ति व्यवस्था समेटेको छ, जसमा क्षतिपूर्ति रकम पाँच गुणा वृद्धि गरिएको छ। यस विधेयकमा यात्रु, मालसामान र उडान रद्द वा स्थगनको व्यवस्था समेत समेटिएको छ, र सर्वसाधारणले राय सुझाव दिन सक्ने व्यवस्था छ। सरकारले आन्तरिक उडान क्रममा हवाईजहाज […]

error: Content is protected !!