२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

कैलाली कारागारमा रहस्यमय मृत्यु प्रकरणमा जि. प्र. का. कार्यरत (सई) हरजीत नाथ पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आषाढ ०५, २०८२

धनगढी । कैलाली कारागारमा रहस्यमय मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) हरजीत नाथ पक्राउ परेका छन् । डडेल्धुराको भागेश्वर गाउँपालिका–२ का २८ वर्षीय हरिसिंह पालीको मृत्यु घटनाको अनुसन्धानका लागि सई नाथलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले सई नाथविरुद्ध मृतककी श्रीमती जानकी साउँदले किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको जानकारी दिए । ‘जाहेरी दर्ता भइसकेको छ’, डीएसपी सिंहले भने, ‘अब शव परीक्षणपछि परिवारलाई शव बुझाउने तयारी छ ।’

मृतक पाली सई नाथकै जाहेरीमा बैङ्किङ कसुरमा दोषी ठहरिएका थिए । नाथले पालीविरुद्ध २७ भदौ २०८० मा मुद्दा दर्ता गराएका थिए। कैलाली जिल्ला अदालतले २९ फागुनमा पालीलाई १० दिन कैद र दुई लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

त्यसपछि डडेल्धुरा प्रहरीले पालीलाई २९ जेठमा पक्राउ गरी ३० जेठमा कैलाली प्रहरीलाई बुझाएको थियो। कैलाली प्रहरीले भने १ असारमा मात्रै उनलाई कारागार चलान गरेको थियो। कारागार चलान भएको भोलिपल्टै पालीको मृत्यु भएपछि घटना शङ्कास्पद देखिएको भन्दै आफन्तहरूले सत्य तथ्य छानबिनको माग गरेका छन्।

श्रीमती जानकी साउँदको जाहेरीमा सई नाथले पटक–पटक फोन गरेर धम्की दिएको र योजनाबद्ध रूपमा कुटपिट गरी हत्या गरिएको आरोप लगाइएको छ। “प्रहरीकै कुटपिटबाट मेरो श्रीमानको हत्या भएको हो,” उनले भनिन्।

घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिमा प्रहरी, प्रशासन, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि तथा पीडित पक्षका प्रतिनिधिलाई समेटिएको छ।

प्रहरीका अनुसार पाली असार १ गते राति एक्कासि बिरामी भएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिए पनि उनको मृत्यु भएको थियो। तर आफन्तले उनको शरीरभरि निलडाम देखिएको भन्दै कुटपिटबाटै मृत्यु भएको दाबी गरेका छन्।

“मृतकको शरीरभरि निलडाम भएको भिडियो सार्वजनिक भएको छ,” आफन्त जगदीश रावलले भने, “बिरामीको शरीरमा निलडाम कहाँबाट आउँछ? यो हत्या हो।”

सहायक प्रमुख जिल्ला अधिकारी जोशीका अनुसार प्रारम्भिक अनुसन्धान सुरु भइसकेको छ र एक साताभित्र छानबिन प्रतिवेदन सार्वजनिक गरिनेछ।

‘हामीले छानबिन सुरु गरेका छौँ अहिले पहिलो चरणको र प्रारम्भिक छानबिन भइरहेको छ’ जोशीले भनिन्, ‘एक साताभित्रै घटनाको सत्य तथ्य छानबिन गरेर प्रतिवेदन पेस गर्छौँ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।