२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

लुम्बिनी प्रदेशका पत्रकारहरू अब संसदीय रिपोर्टिङ गर्न सिक्दै औपचारिक अभ्यासमा,

Logo
बिदुर एमसी प्रकाशित बिहिबार, आषाढ ०५, २०८२

दाङ । भालुवाङ लोकतन्त्रको मेरुदण्ड मानिने संसद् जनप्रतिनिधिका आवाज बोकेको संस्था मात्रै होइन, जनताका आवश्यकता, सरोकार र सरकारका गतिविधि नियाल्ने केन्द्र पनि हो।

यस्तो संवेदनशील संस्थाको कार्यशैली, नीति निर्माण प्रक्रिया र बहसलाई समाज सम्म पुर्‍याउने काम पत्रकारहरूको काँधमा हुन्छ। तर, संसद्को भित्री संरचना, प्रक्रियागत पाटो र विविध पक्षबारे जानकारी बिना गरिने रिपोर्टिङ अपुरो मात्र होइन, भ्रामक पनि हुन सक्छ। यही चुनौतीलाई सम्बोधन गर्न लुम्बिनी प्रदेशका पत्रकारहरू अब संसदीय रिपोर्टिङको औपचारिक अभ्यासमा होमिएका छन्। सितगंगा नगरपालिका–८ सातमारा स्थित होटल इभरल्याण्डमा बिहिवार देखि सुरु भएको दुई दिने “संसदीय रिपोर्टिङ सम्बन्धी पत्रकारहरूको क्षमता अभिवृद्धि” तालिममा ४० बढी पत्रकारहरू सहभागी भएका छन्। लुम्बिनी प्रदेश सभा सचिवालयको सहयोग तथा संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशको आयोजनामा सञ्चालित तालिमले पत्रकारहरूलाई संसदीय कार्यप्रणाली, बहसको प्रकृति, कानुनी प्रक्रिया र रिपोर्टिङका सूक्ष्म पक्षहरूमा ज्ञान दिन थालेको हो।

समाजका अध्यक्ष घनश्याम गाैतमको अध्यक्षतामा एवम्  लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीकाे प्रमुख आतिथ्यतामा  भएको कार्यक्रम उद्घाटन गर्दै सभामुख घर्तीले भने, “संसद् रिपोर्टिङ सधैं गहिरो अध्ययन, संवेदनशीलता र उत्तरदायित्वको विषय हो। संसद् जनताको नीतिगत आवाज उठ्ने थलो हो। त्यसलाई सुसंगत ढंगले लेख्न, विश्लेषण गर्न सक्ने पत्रकारको भूमिका अझै महत्वपूर्ण हुन्छ।” उनले संसदीय समाचार तयार गर्दा कम्तीमा पाँच महत्वपूर्ण पक्षहरूमा ध्यान दिनुपर्ने बताउनुभयो। ती पक्षहरूमा विधेयकको प्रकृति, बहसको सार, प्रतिनिधिको भूमिकालाई वस्तुगत रूपमा समेट्ने शैली, प्रक्रियाको बुँदागत विश्लेषण र लोकतान्त्रिक मूल्यको सम्मान जस्ता विषयहरू पर्ने अनुमान गर्न सकिने बताए। संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशका अध्यक्ष घनश्याम गौतमले तालिमको उद्देश्य पत्रकारहरूलाई संसद्काे समाचार लेखनमा दक्ष बनाउनु रहेको बताए। “पत्रकारहरूले संसद्को छलफल बुझ्न, सन्दर्भ जोड्न र नीति विश्लेषण गर्न सक्ने भइसकेपछि मात्रै गहिरो पत्रकारिता सम्भव हुन्छ,” गौतमले भने।

कार्यक्रममा प्रदेशसभा सचिव दुर्लभ कुमार पुन, संसदीय मामिला पत्रकार समाजका केन्द्रीय अध्यक्ष मनोज सत्याल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष रामप्रसाद आचार्य र पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले संसदीय पत्रकारिताको अनुभव र आवश्यकताबारे धारणा राखेका थिए। कार्यक्रममा दाङ, बाँके, कपिलवस्तु लगायत जिल्लाका पत्रकारहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको स्वागत मन्तव्य समाजका उपाध्यक्ष केपी घिमिरेले राखेका थिए भने सञ्चालन महासचिव नारायण खड्काले गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!