०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

शुक्रबार तपाईंको रासिफल

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, आषाढ ०६, २०८२

मेष-आफ्ना कल्पनालाई आकार दिने अवसर मिल्नेछ। चेलीबेटी वा प्रेमसम्बन्धी कुरामा खुशी ल्याउने दिन। हतार नगरौं, विचार गरेर मात्र अघि बढ्दा राम्रो हुनेछ।

वृष-घरपरिवारको वातावरणमा अलि उतारचढाव देखिन सक्छ। सन्तान र मातापिताप्रतिको कर्तव्यप्रति सजग हुनुपर्ने समय। घरायसी काममा समय जान सक्छ।

मिथुन-भाइबहिनी वा साथीहरूसँग सहकार्यमा राम्रो लाभ पाइनेछ। योजना बनाउने र कार्यान्वयन गर्ने दिन हो। सन्देश वा खबरमार्फत खुशी मिल्न सक्छ।

कर्कट-कमाइमा केही सुधार देखिन्छ। बोलीको मधुरता लाभदायक हुनेछ। घरमा मीठो कुरा बनाएर खान मन लाग्ने दिन।

सिंह-चन्द्रमा आफ्नै राशिमा छन्, मन आत्मविश्वासले भरिनेछ। तर, बोल्दा वा निर्णय गर्दा नरम स्वभाव राख्नु उचित हुन्छ। अरूलाई सुन्ने बानी बसालौं।

कन्या-केही कुरा मनमा थिचिएजस्तो लाग्न सक्छ। खर्च वा यात्रा टार्न सकिने हो भने राम्रो। आज मन शान्त राख्ने अभ्यास गर्नुहोस्।

तुला-मित्रहरूको साथ पाइने दिन। इच्छाहरू पूरा हुनसक्छन्। सामाजिक वा सामूहिक काममा सहभागी हुन पाउनु हुनेछ।

वृश्चिक-कामको जिम्मेवारी बढ्न सक्छ, तर प्रतिष्ठा पनि बढ्नेछ। बोलीमा गम्भीरता ल्याउनु लाभदायक हुनेछ।

धनु-धार्मिक भावना जाग्नेछ। यात्रा वा तीर्थाटनको योजना बन्न सक्छ। अध्यात्म वा दर्शन पढ्न रुचि लाग्ने समय।

मकर-मन अलि उतारचढावमा रहन सक्छ। पुराना कुरा सम्झना आउन सक्छ। गोपनीयता राखेर काम गर्नुपर्छ।

कुम्भ-दाम्पत्य वा साझेदारसँगको सम्बन्धमा संवेदनशीलता आवश्यक पर्न सक्छ। कुरा राख्दा स्पष्टता र धैर्यता उपयोगी हुनेछ।

मीन -स्वास्थ्य, सेवामूलक काम वा शत्रु पक्षमाथि विजय प्राप्त हुने समय। मेहनत अनुसार फल मिल्नेछ। नियमितता लाभदायक हुनेछ।

माधवा शर्मा
ज्योतिषाचार्य एवं वास्तु विद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले आफूविरुद्ध लागेको सहकारीसम्बन्धी मुद्दामा बिगोबराबरको जमानत बुझाएर थुनामुक्त हुन माग गर्दै दिएको निवेदनमा आज सुनुवाई हुँदैछ । उच्च अदालत तुलसीपुरको बुटवल इजलास स्रोतका अनुसार यसअघि विभिन्न कारणले सुनुवाई सरेकोमा आज भने सुनुवाई हुने अवस्था छ । सुनुवाईपछि फैसला […]

विराटनगर । एकतर्फी प्रेम र प्रतिशोधले मानिसलाई कतिसम्म गिराउन सक्छ भन्ने उदाहरण मोरङको धनपालथान गाउँपालिकामा देखिएको छ । धनपालथान गाउँपालिका – २ का राजिव चौधरीकाे विवाह भएको १०–१२ दिन मात्र भएको थियो । नवविवाहित राजिव मंसिर २७ गते कामका लागि कर्सिया बजारमा आए । मोटरसाइकल पार्किङ गरेर उनी आफ्नाे काम गर्दै थिए, प्रहरी आएर खानतलासी […]

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

error: Content is protected !!