१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

शुक्रबार तपाईंको रासिफल

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, आषाढ ०६, २०८२

मेष-आफ्ना कल्पनालाई आकार दिने अवसर मिल्नेछ। चेलीबेटी वा प्रेमसम्बन्धी कुरामा खुशी ल्याउने दिन। हतार नगरौं, विचार गरेर मात्र अघि बढ्दा राम्रो हुनेछ।

वृष-घरपरिवारको वातावरणमा अलि उतारचढाव देखिन सक्छ। सन्तान र मातापिताप्रतिको कर्तव्यप्रति सजग हुनुपर्ने समय। घरायसी काममा समय जान सक्छ।

मिथुन-भाइबहिनी वा साथीहरूसँग सहकार्यमा राम्रो लाभ पाइनेछ। योजना बनाउने र कार्यान्वयन गर्ने दिन हो। सन्देश वा खबरमार्फत खुशी मिल्न सक्छ।

कर्कट-कमाइमा केही सुधार देखिन्छ। बोलीको मधुरता लाभदायक हुनेछ। घरमा मीठो कुरा बनाएर खान मन लाग्ने दिन।

सिंह-चन्द्रमा आफ्नै राशिमा छन्, मन आत्मविश्वासले भरिनेछ। तर, बोल्दा वा निर्णय गर्दा नरम स्वभाव राख्नु उचित हुन्छ। अरूलाई सुन्ने बानी बसालौं।

कन्या-केही कुरा मनमा थिचिएजस्तो लाग्न सक्छ। खर्च वा यात्रा टार्न सकिने हो भने राम्रो। आज मन शान्त राख्ने अभ्यास गर्नुहोस्।

तुला-मित्रहरूको साथ पाइने दिन। इच्छाहरू पूरा हुनसक्छन्। सामाजिक वा सामूहिक काममा सहभागी हुन पाउनु हुनेछ।

वृश्चिक-कामको जिम्मेवारी बढ्न सक्छ, तर प्रतिष्ठा पनि बढ्नेछ। बोलीमा गम्भीरता ल्याउनु लाभदायक हुनेछ।

धनु-धार्मिक भावना जाग्नेछ। यात्रा वा तीर्थाटनको योजना बन्न सक्छ। अध्यात्म वा दर्शन पढ्न रुचि लाग्ने समय।

मकर-मन अलि उतारचढावमा रहन सक्छ। पुराना कुरा सम्झना आउन सक्छ। गोपनीयता राखेर काम गर्नुपर्छ।

कुम्भ-दाम्पत्य वा साझेदारसँगको सम्बन्धमा संवेदनशीलता आवश्यक पर्न सक्छ। कुरा राख्दा स्पष्टता र धैर्यता उपयोगी हुनेछ।

मीन -स्वास्थ्य, सेवामूलक काम वा शत्रु पक्षमाथि विजय प्राप्त हुने समय। मेहनत अनुसार फल मिल्नेछ। नियमितता लाभदायक हुनेछ।

माधवा शर्मा
ज्योतिषाचार्य एवं वास्तु विद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

काठमाडौं । फोटोमा तत्कालीन आईजी उपेन्द्रकान्त अर्यालसहित जेन–जी आन्दोलन जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्मा, हालै गठित सम्पत्ति छानवीन आयोगका सदस्य गणेश केसी (तत्कालीन डीआईजीहरु) र हाल लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्री पनि देखिएका कारण सोधखोज बढी भएको बुझेँ । त्यसबेला (विसं २०७१) म माननीय उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको प्रेस संयोजकको जिम्मेवारीमा थिएँ । हामी […]

error: Content is protected !!