०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलाको बाढीले यात्रुबाहक बस बगायो सडक अबरुद्ध,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आषाढ ०६, २०८२

पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलाको बाढीले यात्रुबाहक बस बगायो सडक अबरुद्ध

बुटवल । ३८ यात्रु बोकेर पूर्वबाट बर्दियातर्फ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बस बिहीबार राति करिब ११ बजेतिर खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

नवलपुरका सूचना अधिकारी एवं डीएसपी मधु नेपालले बसका सबै यात्रुको भने सकुशल उद्धार गरिएको बताए।

बाढीले बगाएको बस आज बिहान मात्रै करिब एक किलोमिटर तल फेला परेको प्रहरीले जनाएको छ।

उक्त खोलामाथिको डाइभर्सन पटक/पटक बाढीले बगाउँदा यातायात अवरुद्ध हुने गरेको छ। डाइभर्नस बगेसँगै यतिबेला पूर्व-पश्चिम राजमार्ग अवरुद्ध बनेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले आफूविरुद्ध लागेको सहकारीसम्बन्धी मुद्दामा बिगोबराबरको जमानत बुझाएर थुनामुक्त हुन माग गर्दै दिएको निवेदनमा आज सुनुवाई हुँदैछ । उच्च अदालत तुलसीपुरको बुटवल इजलास स्रोतका अनुसार यसअघि विभिन्न कारणले सुनुवाई सरेकोमा आज भने सुनुवाई हुने अवस्था छ । सुनुवाईपछि फैसला […]

विराटनगर । एकतर्फी प्रेम र प्रतिशोधले मानिसलाई कतिसम्म गिराउन सक्छ भन्ने उदाहरण मोरङको धनपालथान गाउँपालिकामा देखिएको छ । धनपालथान गाउँपालिका – २ का राजिव चौधरीकाे विवाह भएको १०–१२ दिन मात्र भएको थियो । नवविवाहित राजिव मंसिर २७ गते कामका लागि कर्सिया बजारमा आए । मोटरसाइकल पार्किङ गरेर उनी आफ्नाे काम गर्दै थिए, प्रहरी आएर खानतलासी […]

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

error: Content is protected !!