१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलाको बाढीले यात्रुबाहक बस बगायो सडक अबरुद्ध,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आषाढ ०६, २०८२

पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलाको बाढीले यात्रुबाहक बस बगायो सडक अबरुद्ध

बुटवल । ३८ यात्रु बोकेर पूर्वबाट बर्दियातर्फ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बस बिहीबार राति करिब ११ बजेतिर खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

नवलपुरका सूचना अधिकारी एवं डीएसपी मधु नेपालले बसका सबै यात्रुको भने सकुशल उद्धार गरिएको बताए।

बाढीले बगाएको बस आज बिहान मात्रै करिब एक किलोमिटर तल फेला परेको प्रहरीले जनाएको छ।

उक्त खोलामाथिको डाइभर्सन पटक/पटक बाढीले बगाउँदा यातायात अवरुद्ध हुने गरेको छ। डाइभर्नस बगेसँगै यतिबेला पूर्व-पश्चिम राजमार्ग अवरुद्ध बनेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

काठमाडौं । फोटोमा तत्कालीन आईजी उपेन्द्रकान्त अर्यालसहित जेन–जी आन्दोलन जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्मा, हालै गठित सम्पत्ति छानवीन आयोगका सदस्य गणेश केसी (तत्कालीन डीआईजीहरु) र हाल लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्री पनि देखिएका कारण सोधखोज बढी भएको बुझेँ । त्यसबेला (विसं २०७१) म माननीय उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको प्रेस संयोजकको जिम्मेवारीमा थिएँ । हामी […]

error: Content is protected !!