०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

दाङको राप्ती नदीमा फसेकी एक बालिकाको ईप्रका भालुवाङ र सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

Logo
बिदुर एमसी प्रकाशित शुक्रबार, आषाढ ०६, २०८२

दाङ । भालुवाङ राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ निवासी १३ वर्षिय रेजिना खड्कालाई प्रहरीले शुक्रबार विहान १०:३० बजे सकुशल उद्धार गरेको हो। राप्ती नदीमा दाउरा टिप्न गएकी बालिका लामो धेरै सम्म नदीमा फसेपछि स्थानीयले प्रहरीलाई खबर गरे लगत्तै इलाका प्रहरी कार्यालय भालुबाङ र सशस्त्र प्रहरीको टोलीले ती बालिकाको सकुशल उद्धार गरेको हो।

ती बालिकालाई डुङ्गाको सहायताले प्रहरीले उद्धार गरेको हो। ती बालिका नेपाल राष्ट्रिय मावि भालुवाङ कक्षा ८ मा अध्ययनरत छिन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले आफूविरुद्ध लागेको सहकारीसम्बन्धी मुद्दामा बिगोबराबरको जमानत बुझाएर थुनामुक्त हुन माग गर्दै दिएको निवेदनमा आज सुनुवाई हुँदैछ । उच्च अदालत तुलसीपुरको बुटवल इजलास स्रोतका अनुसार यसअघि विभिन्न कारणले सुनुवाई सरेकोमा आज भने सुनुवाई हुने अवस्था छ । सुनुवाईपछि फैसला […]

विराटनगर । एकतर्फी प्रेम र प्रतिशोधले मानिसलाई कतिसम्म गिराउन सक्छ भन्ने उदाहरण मोरङको धनपालथान गाउँपालिकामा देखिएको छ । धनपालथान गाउँपालिका – २ का राजिव चौधरीकाे विवाह भएको १०–१२ दिन मात्र भएको थियो । नवविवाहित राजिव मंसिर २७ गते कामका लागि कर्सिया बजारमा आए । मोटरसाइकल पार्किङ गरेर उनी आफ्नाे काम गर्दै थिए, प्रहरी आएर खानतलासी […]

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

error: Content is protected !!