२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनिकरण अभियान २०८२ शुभारम्भ कार्यक्रम सम्पन्न,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आषाढ ०६, २०८२

काठमाडौं । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनिकरण अभियान-२०८२ शुभारम्भ कार्यक्रम गोङ्गबु स्थित नयाँबसपार्कमा शुक्रबार सम्पन्न भएको छ ।
मनसुनका बेला सवारी दुर्घटना न्यूनीकरण गर्ने, यात्रुहरूको सुरक्षा सुनिश्चित गर्ने र सडकप्रतिको नागरिक चेतना अभिवृद्धि गर्ने उद्देश्य सहित सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनिकरण अभियान-२०८२ शुभारम्भ गरिएको हो । जस अन्तर्गत काठमाडौँ उपत्यकाबाट छुट्ने लामो तथा मध्यम दुरीका सवारी साधनका सदस्यहरु तथा यात्रुहरुको लागि बसपार्क लगायत विभिन्न १२ वटा स्थानमा नागरिक सहायता कक्ष स्थापना गरि मनसुन सम्बन्धी जानकारी दिने व्यवस्था गरिएकोमा आजै नागरिक सहायता कक्षको समेत समुद्‍घाटन गरिएको छ ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले वर्षाको समयमा मनसुनसँगै विभिन्न प्राकृतिक विपदहरूको जोखिम विशेष गरी बाढी, पहिरो र डुबानले सडक अवरोध, सवारी दुर्घटना र जनधनको क्षति जस्ता घटनाहरू घट्ने हुदा मनसुन सम्बन्धी सूचना लिएर मात्र यात्रा गर्दा सुरक्षित हुने कुरामा जोड दिनुभयो । साथै मनसुनका बेला सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरीको एकल प्रयासले मात्र पर्याप्त नहुनेहुदा सबै नागरिकको सजगता, सहभागिता र सहकार्य अपरिहार्य भएकाले सडक सुरक्षा सुनिश्चिताका लागि सबै सरोकारवाला पक्षको एक्यवद्धताको लागि अपिल समेत गर्नुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले वर्षातको समय नजिकिएसँगै मनसुनका कारण सडक र सवारी आवागमनमा यसको प्रत्यक्ष प्रभाव पर्ने भएकाले उक्त कार्यक्रमको आयोजना गरिएको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक डा. गोबिन्द थापा, नेपाल यातायात स्वतन्त्र मजदुर संघका अध्यक्ष भीमज्वाला राई, ट्राफिक व्यवस्थापन एवं सडक सुरक्षासँग आवद्ध सरोकारवाला निकाय एवं संघ-संस्थाका प्रतिनिधीहरु, नेपाल प्रहरीका कर्मचारीहरु, यातायात व्यवसायीहरु, नागरिक समाजका प्रतिनिधिहरु र सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]