२६ आषाढ २०८३, शुक्रबार
10-07-2026 , Fri
×

रुपन्देहीमा लागुऔषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्ध सप्ताहव्यापी कार्यक्रम समुद्घाटन

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आषाढ ०६, २०८२

रुपन्देही । भैरहवा लागुऔषध दुरुपयोग तथा ओसार पसार विरुद्ध अन्तर्राष्ट्रिय दिवश- जुन २६, २०२५ को अवसरमा जिल्ला प्रशासन कार्यालय भैरहवा रुपन्देहीको आयोजना तथा जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको सहकार्यमा जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.०५ हाटबजार स्थित जिल्ला प्रशासन कार्यालको सभाहलमा समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेज्यूको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा यस कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रदिप बहादुर क्षेत्री, सुरक्षा निकायका प्रमुखहरु, सरकारी तथा गैह्र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, बिभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, पत्रकारहरु, सुधार केन्द्रहरुका प्रमुख तथा संचालकहरु समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा यस जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक सुमन गैह्रेले लागुऔषध दुरुपयोग तथा ओसार पसार विरुद्ध विषयमा प्रस्तुतिकरण समेत गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नेपालीको उपचारको क्रममा निधन भएको जनाए पनि अस्पताल प्रशासनले भने औपचारिक जानकारी दिइसकेको छैन । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । शरीरको करिब ६० प्रतिशत भाग जलेका नेपालीलाई भेन्टिलेटरमा राखेर चिकित्सकको टोलीले उपचार गरिरहेको थियो । वीर […]

काठमाडौं । *बि.सं. १९७७ आषाढ २५ गते* ठ्याक्कै *१०६ वर्ष पहिला* आजकै दिन राणा प्रधानमन्त्री *चन्द्र शम्शेर*ले *सती प्रथा*को अन्त्य गर्ने कानुन जारी गरेका थिए। *सती प्रथा के थियो?* पति मरेपछि पत्नीलाई पनि जबर्जस्ती चितामा राखेर जीवितै जलाउने अमानवीय परम्परा। यो प्रथाले हजारौं महिलाको ज्यान लिएको थियो। चन्द्र शम्शेरले यो प्रथालाई गैरकानुनी घोषणा गरेर महिलाको […]

नेपालका पहाडी तथा मध्यपहाडी क्षेत्रहरूमा प्राकृतिक रूपमा पाइने बेलौती (अम्बा) एक बहुउपयोगी तथा पोषणयुक्त फल हो। दाङको घोराही आसपासका पहाडी क्षेत्रहरूमा अहिले पनि स्थानीय किसानहरूले बेलौती राम्रोसँग उत्पादन गरिरहेका छन्। कतिपय किसानले गाउँमै उपभोग गर्ने, कतिपयले स्थानीय बजारमा बिक्री गर्ने गरेका छन्। तर यसको व्यावसायिक खेती, प्रशोधन तथा ब्रान्डिङमा अझै पर्याप्त ध्यान पुग्न सकेको छैन। […]

error: Content is protected !!