२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

रुपन्देहीमा लागुऔषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्ध सप्ताहव्यापी कार्यक्रम समुद्घाटन

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आषाढ ०६, २०८२

रुपन्देही । भैरहवा लागुऔषध दुरुपयोग तथा ओसार पसार विरुद्ध अन्तर्राष्ट्रिय दिवश- जुन २६, २०२५ को अवसरमा जिल्ला प्रशासन कार्यालय भैरहवा रुपन्देहीको आयोजना तथा जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको सहकार्यमा जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.०५ हाटबजार स्थित जिल्ला प्रशासन कार्यालको सभाहलमा समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेज्यूको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा यस कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रदिप बहादुर क्षेत्री, सुरक्षा निकायका प्रमुखहरु, सरकारी तथा गैह्र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, बिभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, पत्रकारहरु, सुधार केन्द्रहरुका प्रमुख तथा संचालकहरु समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा यस जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक सुमन गैह्रेले लागुऔषध दुरुपयोग तथा ओसार पसार विरुद्ध विषयमा प्रस्तुतिकरण समेत गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!