२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सञ्चालनमा आयो देशकै पहिलो ग्वार्कोको ओभरपास प्रधानमन्त्री ओलीद्वारा उद्घाटन,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आषाढ ०६, २०८२

 

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले देश विकासको बाटोमा अघि बढेको दाबी गरेका छन् । ग्वार्कोको ओभर पास उद्घाटन कार्यक्रममा बोल्दै दैलेखमा नेपाललाई कम्तीमा ५० वर्षलाई पुग्ने मिथेन ग्यास पत्ता लागेकोप्रति खुसी साटेका छन् ।

उनले भने, ‘११२ अर्ब घनमिटर ग्यास होला लगभग, ५० वर्ष नेपाललाई पुग्ने गरी ग्याँस अब त्यहाँबाट पैदा हुन्छ । फ्लाइओभर जस्तै त्यसको पनि सुरुआत मैले नै गरेको हुँ । धौवादी फलाम कारखाना अगाडि बढाउँदैछौं । त्यो सम्पन्न हुने बित्तिकै नेपाललाई सयौँ वर्षलाई पुग्ने आइरन, स्टिल कारखाना स्थापना गर्नेछौँ । त्यसले देशको अर्थतन्त्रलाई धेरै अगाडि बढाउँछ ।’

उनले अरू खनिज कारखाना स्थापना, कृषिको आधुनिकीकरण भइरहेको भन्दै देश नयाँ चरणमा प्रवेश गरेको बताए । पहिलेको भन्दा धेरै उद्योग अहिले सञ्चालनमा रहेको बताए । ओलीले हुलाकी राजमार्गले तराईको मुहार फेरेको भन्दै त्यसले ठूलो परिवर्तन ल्याउने बताए ।

उनले अरू राजमार्गको पनि काम भइसकेको भन्दै शिक्षा, स्वास्थ्य, खानेपानीलगायतको क्षेत्रमा काम गरिरहेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]