मेष-धन र निर्णयमा स्थिरता आउन सक्छ। आत्मबल बढ्नेछ। तर, पारिवारिक मामिलामा संवेदनशील बन्नु उपयुक्त।
वृष-भावनात्मक निर्णय गर्नु भन्दा व्यावहारिक सोच्नुपर्छ। सम्मान प्राप्त हुनेछ। बोलीमा माधुर्य राख्दा काम सरल हुनेछ।
मिथुन-पुराना योजना पूरा हुने संकेत छ। खर्चमा सन्तुलन आवश्यक छ। कुनै गोप्य प्रसङ्ग सतर्कताका साथ अघि बढाउनुहोस।
कर्कट-सामाजिक वा पारिवारिक दायित्वमा सक्रियता बढ्नेछ। प्रतिष्ठा कायम राख्न विवेकपूर्ण निर्णय आवश्यक।
सिंह -कामको बोझ बढे पनि परिश्रम अनुसार फल मिल्नेछ। अधिकार प्राप्तिको सम्भावना पनि देखिन्छ।
कन्या-धार्मिक वा शैक्षिक कार्यमा सफलता मिल्नेछ। दुरदराजको यात्राको सम्भावना पनि छ।
तुला-नयाँ स्रोतबाट धनलाभ हुन सक्छ। मानसम्मान प्राप्तिको सम्भावना छ। गोप्य योजना कसैलाई नखुलाउनु राम्रो।
वृश्चिक-साझेदारी र व्यवहारिक कुरामा सुधार आउँछ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ।
धनु-कार्यको दबाब महसुस हुन सक्छ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ। धैर्य र नियमितता अपनाउनुहोस्।
मकर-सन्तान पक्षबाट सन्तोषजनक समाचार आउनेछ। सिर्जनात्मक कार्यमा सफलता मिल्नेछ।
कुम्भ-घरपरिवारमा सुखद समय बित्नेछ। जग्गाजमिन सम्बन्धी विषयमा निर्णय दिन उपयुक्त छैन।
मीन-सन्देश, भेटघाट वा यात्राबाट लाभ मिल्नेछ। भाइबहिनी वा छरछिमेकसँग आत्मियता बढ्नेछ।
माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799