१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

शनिबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित शनिबार, आषाढ ०७, २०८२

मेष-धन र निर्णयमा स्थिरता आउन सक्छ। आत्मबल बढ्नेछ। तर, पारिवारिक मामिलामा संवेदनशील बन्नु उपयुक्त।

वृष-भावनात्मक निर्णय गर्नु भन्दा व्यावहारिक सोच्नुपर्छ। सम्मान प्राप्त हुनेछ। बोलीमा माधुर्य राख्दा काम सरल हुनेछ।

मिथुन-पुराना योजना पूरा हुने संकेत छ। खर्चमा सन्तुलन आवश्यक छ। कुनै गोप्य प्रसङ्ग सतर्कताका साथ अघि बढाउनुहोस।

कर्कट-सामाजिक वा पारिवारिक दायित्वमा सक्रियता बढ्नेछ। प्रतिष्ठा कायम राख्न विवेकपूर्ण निर्णय आवश्यक।

सिंह -कामको बोझ बढे पनि परिश्रम अनुसार फल मिल्नेछ। अधिकार प्राप्तिको सम्भावना पनि देखिन्छ।

कन्या-धार्मिक वा शैक्षिक कार्यमा सफलता मिल्नेछ। दुरदराजको यात्राको सम्भावना पनि छ।

तुला-नयाँ स्रोतबाट धनलाभ हुन सक्छ। मानसम्मान प्राप्तिको सम्भावना छ। गोप्य योजना कसैलाई नखुलाउनु राम्रो।

वृश्चिक-साझेदारी र व्यवहारिक कुरामा सुधार आउँछ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ।

धनु-कार्यको दबाब महसुस हुन सक्छ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ। धैर्य र नियमितता अपनाउनुहोस्।

मकर-सन्तान पक्षबाट सन्तोषजनक समाचार आउनेछ। सिर्जनात्मक कार्यमा सफलता मिल्नेछ।

कुम्भ-घरपरिवारमा सुखद समय बित्नेछ। जग्गाजमिन सम्बन्धी विषयमा निर्णय दिन उपयुक्त छैन।

मीन-सन्देश, भेटघाट वा यात्राबाट लाभ मिल्नेछ। भाइबहिनी वा छरछिमेकसँग आत्मियता बढ्नेछ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

काठमाडौं । फोटोमा तत्कालीन आईजी उपेन्द्रकान्त अर्यालसहित जेन–जी आन्दोलन जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्मा, हालै गठित सम्पत्ति छानवीन आयोगका सदस्य गणेश केसी (तत्कालीन डीआईजीहरु) र हाल लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्री पनि देखिएका कारण सोधखोज बढी भएको बुझेँ । त्यसबेला (विसं २०७१) म माननीय उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको प्रेस संयोजकको जिम्मेवारीमा थिएँ । हामी […]

error: Content is protected !!