२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, आषाढ ०७, २०८२

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ।  खुमलटारस्थित निवासमा आज बिहान प्रचण्डलाई प्रवक्ता प्रकाण्डलाई लिएर विप्लवलाई लिएर पुगेका हुन्।

भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रचण्ड सचिवालयले जनाएको छ। दुई नेताबीच तत्काल सहकार्य गर्ने र पार्टी एकता गर्न छलफल चलाउँदै जाने समझदारी बनेपछि पछिल्लो समयमा भेट पातलिएको छ।  हाल समाजवादी मोर्चाको संयोजक विप्लव छन्। तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सरकारबाट बाहिरिएपछि मोर्चा निष्क्रिय जस्तै बनेको छ।

प्रचण्डले पार्टी एकताका लागि विप्लव लगायत पूर्वमाओवादी नेतासँग छलफल भइरहेको सार्वजनिक रुपमै बताउँदै आएका छन्। तर, प्रचण्डलाई आगामी महाधिवेशनबाट नेतृत्व छाड्नुपर्ने दबाब उपमहासचिव जनार्दन शर्मा लगायतले पार्टीभित्रबाटै बढाइरहेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]