२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

समाचारको प्रभाव: ICP डिएसपी र इन्स्पेक्टरको घुमुवा वली र भण्डारीलाई डिआईजी कुँवरले ताने,

Logo
ABC (भन्डाफोर) प्रकाशित शनिबार, आषाढ ०७, २०८२

बाँके । नेपालगन्ज नेपाल भारत सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा तस्करी नियन्त्रण गर्न खटाइएका घुमुवाहरुले आचरण विपरीत काम गर्न थालेपछि सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यावासिनी बाहिनी कपिलवस्तुका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक डिआईजी दिपेन्द्र कुँवरले एबिसी संचार ड्टमा प्रकाशित समाचार आएको एक घन्टा भित्र आईसिपीका सशस्त्र डिएसपी र भन्सार इन्स्पेक्टरको घुमुवाहरु जगत वली उर्फ (JK) र किरण भण्डारी हरूलाई फिर्ता बोलाएको छ ।सशस्त्रका घुमुवालाई सीमा क्षेत्रको निगरानी तथा तस्करी नियन्त्रणका लागि खटाइएकामा उनीहरूलाई तस्करहरूसँग मिलेर आचरण विपरीत काम गरेपछि उनीहरुलाई कारबाहीस्वरूप सशस्त्र प्रहरी बल,नेपाल नं. ५ विन्ध्यावासिनी बाहिनी कपिलवस्तुमा तानिएको छ ।

घुमुवाले प्रहरी आचरण विपरीत काम गरिरहेका र लामो समय सम्म बसेकोले उनीहरूलाई डिआईजी कार्यालयमा तानिएको स्वीकार्दै सशस्त्र प्रहरी बल,नेपाल नं. ५ विन्ध्यावासिनी बाहिनी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी दिपेन्द्र कुँवरले ती घुमुवाले सीमानाकाबाट महिनावारी रकम लिएर तस्करी गराउने गरेको सूचनाका आधारमा उनीहरूलाई कारबाही स्वरूप प्रदेश प्रहरी कार्यालयमा तानिएको भन्दै प्रहरी नायब महानिरीक्षक कुँवरले आफू प्रहरी नायब महानिरीक्षक भएर आएपछि घुमुवाले तस्करसँगको मिलेमतोमा तस्करी गराइरहेको मौखिक उजुरी आइपुगेकाले कारबाही स्वरूप उनीहरुलाई सशस्त्र प्रहरी प्रदेश मुख्यालय कपिलवस्तुमा तानिएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]