बाँके । नेपालगन्ज नेपाल भारत सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा तस्करी नियन्त्रण गर्न खटाइएका घुमुवाहरुले आचरण विपरीत काम गर्न थालेपछि सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यावासिनी बाहिनी कपिलवस्तुका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक डिआईजी दिपेन्द्र कुँवरले एबिसी संचार ड्टमा प्रकाशित समाचार आएको एक घन्टा भित्र आईसिपीका सशस्त्र डिएसपी र भन्सार इन्स्पेक्टरको घुमुवाहरु जगत वली उर्फ (JK) र किरण भण्डारी हरूलाई फिर्ता बोलाएको छ ।
सशस्त्रका घुमुवालाई सीमा क्षेत्रको निगरानी तथा तस्करी नियन्त्रणका लागि खटाइएकामा उनीहरूलाई तस्करहरूसँग मिलेर आचरण विपरीत काम गरेपछि उनीहरुलाई कारबाहीस्वरूप सशस्त्र प्रहरी बल,नेपाल नं. ५ विन्ध्यावासिनी बाहिनी कपिलवस्तुमा तानिएको छ ।
घुमुवाले प्रहरी आचरण विपरीत काम गरिरहेका र लामो समय सम्म बसेकोले उनीहरूलाई डिआईजी कार्यालयमा तानिएको स्वीकार्दै सशस्त्र प्रहरी बल,नेपाल नं. ५ विन्ध्यावासिनी बाहिनी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी दिपेन्द्र कुँवरले ती घुमुवाले सीमानाकाबाट महिनावारी रकम लिएर तस्करी गराउने गरेको सूचनाका आधारमा उनीहरूलाई कारबाही स्वरूप प्रदेश प्रहरी कार्यालयमा तानिएको भन्दै प्रहरी नायब महानिरीक्षक कुँवरले आफू प्रहरी नायब महानिरीक्षक भएर आएपछि घुमुवाले तस्करसँगको मिलेमतोमा तस्करी गराइरहेको मौखिक उजुरी आइपुगेकाले कारबाही स्वरूप उनीहरुलाई सशस्त्र प्रहरी प्रदेश मुख्यालय कपिलवस्तुमा तानिएको बताए ।