०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

सवारी चालक र सडक प्रयोगकर्ताको कारण सवारी दुर्घटना धेरै नेपालगन्ज ट्राफिक इन्चार्ज पोखरेल

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित आइतबार, आषाढ ०८, २०८२

बाँके । नेपालगन्ज ट्राफिक प्रहरी प्रहरीका अनुसार उक्त दुर्घटनामध्ये अधिकांश सवारी दुर्घटना हुनुको मुख्य कारण भने लापरबाहीनै देखिएकोे छ ।

ट्राफिक प्रहरी पोस्ट नेपालगन्जका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक नन्द पोखरेलले मुख्यतः सवारी चालक र सडक प्रयोगकर्ताको लापरवाहीका कारण सवारी दुर्घटना हुने गरेको बताए ।

जति पनि सवारी दुर्घटना भएका छन्, अधिकांश लापरवाहीकै कारण भएका छन्, धेरैजसो चालककै लापरवाहीका कारण भएका छन् भने केही दुर्घटना सडक प्रयोगकर्ताका कारण भएका छन् ।“चालकले मापसे गरेर सवारी साधन चलाउनु, तीव्र गतिमा चलाउनु, जता पाए त्यतैबाट ओभर टेक गर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने लगायतका कारणबाट अधिकांश दुर्घटना भएका छन् ।

नेपालगन्ज इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक पोखरेलले “कतिपय दुर्घटनाका कारण सडक प्रयोगकर्ता आफैँ पनि देखिएका छन्, सडक नियमको पालना नगर्ने, नजिकै जेब्रा क्रसिङ भए पनि हतारहतार गरेर जता पाए त्यतैबाट सडक क्रस गर्ने गर्दा पनि कतिपय दुर्घटना भइ ज्यान जाने गरेको छ ।

ट्राफिक प्रहरीका अनुसार मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाउनेहरु त अधिकांश मादक पदार्थ सेवन गरेर चलाएको पाइएको छ । “मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाउने, तीव्र गतिमा चलाउने, हेलमेटसमेत प्रयोग नगर्ने अनि बेहोस जस्तै भएर ठूला गाडीमा गएर ठक्कर दिने, भित्तामा ठोक्किने तथा सडक बारहरुमा ठोक्किएर धेरैको ज्यान गएको ट्राफिक प्रहरीको तथ्यांकमा रहेको नेपालगन्ज ट्राफिक इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक पोखरेलले बताएका छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

बाँके । भारतले पुरानो सिमा पिलर नयाँ राख्ने निउमा नेपाल तर्फको भाग मिचेर अर्को पिलर खडा गरेको छ । पुरानो पिलरको पुर्वपश्चिम पारेर पनि त नयाँ पिलर राख्न सकिन्छ । पुरानो पिलर भन्दा नयाँ पिलर दक्षिण पार्दा भारतको सिमा मिचिन्छ भने उत्तर तिर पार्दा नेपालको सिमान मिचिन्छ । कहाँ छन राजनीति दलहरु ? कहाँ छ […]

दाङ । भालुवाङ चन्द्रसूर्य हाेटलमा रात्रिकालिन बसका यात्रुलाई बासीभात, गुणस्तरहिन खाना खुवाउने गरेको यात्रुको व्यापक गुनासो सुन्नमा आएको छ । दाङको पूर्वी देउखुरीमा गढवा गाउँपालिका -१, टहँडास्थित होटल चन्द्रसूर्यमा यस्तो अत्यन्तै कमसल खाना दिएको दाङबाट राजधानी काठमाडौं जाने एक यात्रु दशरथ बस्नेतले भिडियोमा प्रत्यक्ष बोलेका छन् ।चलेको दर भाउभन्दा दोब्बर पैसा लिनेे तर खानाको कुनै […]

error: Content is protected !!