१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

सवारी चालक र सडक प्रयोगकर्ताको कारण सवारी दुर्घटना धेरै नेपालगन्ज ट्राफिक इन्चार्ज पोखरेल

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित आइतबार, आषाढ ०८, २०८२

बाँके । नेपालगन्ज ट्राफिक प्रहरी प्रहरीका अनुसार उक्त दुर्घटनामध्ये अधिकांश सवारी दुर्घटना हुनुको मुख्य कारण भने लापरबाहीनै देखिएकोे छ ।

ट्राफिक प्रहरी पोस्ट नेपालगन्जका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक नन्द पोखरेलले मुख्यतः सवारी चालक र सडक प्रयोगकर्ताको लापरवाहीका कारण सवारी दुर्घटना हुने गरेको बताए ।

जति पनि सवारी दुर्घटना भएका छन्, अधिकांश लापरवाहीकै कारण भएका छन्, धेरैजसो चालककै लापरवाहीका कारण भएका छन् भने केही दुर्घटना सडक प्रयोगकर्ताका कारण भएका छन् ।“चालकले मापसे गरेर सवारी साधन चलाउनु, तीव्र गतिमा चलाउनु, जता पाए त्यतैबाट ओभर टेक गर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने लगायतका कारणबाट अधिकांश दुर्घटना भएका छन् ।

नेपालगन्ज इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक पोखरेलले “कतिपय दुर्घटनाका कारण सडक प्रयोगकर्ता आफैँ पनि देखिएका छन्, सडक नियमको पालना नगर्ने, नजिकै जेब्रा क्रसिङ भए पनि हतारहतार गरेर जता पाए त्यतैबाट सडक क्रस गर्ने गर्दा पनि कतिपय दुर्घटना भइ ज्यान जाने गरेको छ ।

ट्राफिक प्रहरीका अनुसार मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाउनेहरु त अधिकांश मादक पदार्थ सेवन गरेर चलाएको पाइएको छ । “मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाउने, तीव्र गतिमा चलाउने, हेलमेटसमेत प्रयोग नगर्ने अनि बेहोस जस्तै भएर ठूला गाडीमा गएर ठक्कर दिने, भित्तामा ठोक्किने तथा सडक बारहरुमा ठोक्किएर धेरैको ज्यान गएको ट्राफिक प्रहरीको तथ्यांकमा रहेको नेपालगन्ज ट्राफिक इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक पोखरेलले बताएका छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

काठमाडौं । फोटोमा तत्कालीन आईजी उपेन्द्रकान्त अर्यालसहित जेन–जी आन्दोलन जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्मा, हालै गठित सम्पत्ति छानवीन आयोगका सदस्य गणेश केसी (तत्कालीन डीआईजीहरु) र हाल लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्री पनि देखिएका कारण सोधखोज बढी भएको बुझेँ । त्यसबेला (विसं २०७१) म माननीय उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको प्रेस संयोजकको जिम्मेवारीमा थिएँ । हामी […]

error: Content is protected !!