२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

अमेरिकाले ईरानमाथि फेरि आक्रमण गर्‍यो

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, आषाढ ०८, २०८२

काठमाडौं । डोनाल्ड ट्रम्पले अमेरिकाले इरानका तीन आणविक स्थल फोर्डो, नातान्ज र इस्फहानमा आक्रमण गरेको बताए। यसपछि घटनाहरू द्रुत गतिमा परिवर्तन भइरहेका छन् र विश्वभरबाट प्रतिक्रिया आइरहेका छन्।

केही देशले सैन्य आक्रमणबाट नभइ कूटनीतिबाट संकट समाधान गर्न अपील गरेका छ ।

अमेरिकी रक्षा सचिव पिट हेगसेथले आक्रमण अमेरिकी बी२ बमवर्षक प्रयोग गरेर गरिएको बताए।  पिट हेगसेथले राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति चाहेको र कुनै पनि प्रतिशोधात्मक कारबाहीको कडा प्रतिक्रिया दिइने बताए।

इजरायली राष्ट्रपति इसाक हर्जोगले इरानमाथिको अमेरिकी आक्रमणलाई ऐतिहासिक र साहसिक निर्णयको रूपमा वर्णन गरे। उनले बीबीसीसँग भने,‘मलाई यो स्पष्ट देखिन्छ कि इरानको आणविक कार्यक्रममा उल्लेखनीय क्षति पुगेको छ।’ आक्रमणबाट इरानले कति क्षति बेहोरेको छ भन्ने बारेमा पूर्ण जानकारी अझै उपलब्ध छैन।

इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र अमेरिकाका जनतालाई धोका दिएको आरोप लगाएका छन्। उनले ट्रम्पले इरानको कूटनीति प्रतिको प्रतिबद्धताको दुरुपयोग गरेर इरान र  आफ्ना मतदातालाई धोका दिएको बताए।

बेलायतले इजरायल र कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रबाट इजरायलमा रहेका आफ्ना नागरिक र उनीका परिवारलाई बाहिर निकाल्न विशेष उडानको तयारी गरिरहेको बताएको छ।

बेलायती विदेशमन्त्री डेभिड लामीले इरानलाई संयम अपनाउन अपील गरेका छन्। उनले यी आक्रमणमा बेलायतको कुनै संलग्नता नभएको बताए। उनले आक्रमणबारे आफूलाई पहिले नै जानकारी गराइएको पनि बताए।

यसैबीच, बेलायती प्रधानमन्त्री केयर स्टारमरले अमेरिकी आक्रमणको उद्देश्य इरानको आणविक कार्यक्रमबाट उत्पन्न गम्भीर खतरा लाई कम गर्नु रहेको बताए।

अमेरिकाले आफ्नो आक्रमणमा इरानको फोर्डो आणविक सुविधालाई निशाना बनाएको थियो। यो ठाउँ तेहरानबाट ६० माइल टाढा पहाडको बीचमा अवस्थित छ। यो भूमिगत सुविधामा दुई मुख्य सुरुङ र साना सुरुङको सञ्जाल छ।

अनुमान अनुसार यो केन्द्र जमिनबाट ८० देखि ९० मिटर मुनि छ। इजरायलका बंकर बस्टर बम त्यहाँ पुग्न सक्दैनन्। यो ठाउँ १३ हजार किलोको अमेरिकी बमको दायरामा आउन सक्ने विश्वास गरेको छ। यसलाई म्यासिभ अर्डनेन्स पेनिट्रेटर (एमओपी) भनिन्छ। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।