०२ बैशाख २०८३, बुधबार
15-04-2026 , Wed
×

गढवा १ नम्बरमा योजना,कार्यक्रमहरुको संकलन तथा छनौट अन्तरक्रिया एवं वडा भेला सम्पन्न

Logo
ABC-Sanchar प्रकाशित आइतबार, आषाढ ०८, २०८२

दाङ । गढवा गाउँपालिका वडा नं. १ मलमलामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सञ्चालन गरिने योजना तथा कार्यक्रमहरूको संकलन तथा छनोटका लागि अन्तरक्रिया कार्यक्रम तथा वडा भेला सम्पन्न भएको छ।

गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख अतिथि तथा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीको बिशिष्ट आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर १ बडहरा निवासी भीमबहादुर विश्वकर्माले मूर्ति निर्माणको क्षेत्रमा उत्कृष्ट मूर्तिकार भई नेपाल ललित प्रज्ञा प्रतिष्ठान काठमाडौँबाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै मूर्तिकार भई विभिन्न क्षेत्रमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै नगद सम्मान समेत गरेको छ।

गढवा गाउँपालिका वडा नं. १ वडा कार्यालयको आयोजनामा आयोजित उक्त कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, बुद्धिजीवी, युवा, महिलाहरू, सामाजिक संघ–संस्थाका प्रतिनिधिहरू, किसान, शिक्षक तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका वडा नम्बर १ का वडा सचिव मधुसुदन पौडेलले गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी – लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूलले आफ्नो शैक्षिक सत्र २०८२ का कतिपय महत्त्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरेको छ । विद्यालयले सोमबार बिहान आफ्नै विद्यालयको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मार्फत शैक्षिक तथा अतिरिक्त क्रियाकलाप तर्फका उपलब्धिहरु सार्वजनिक गरेको हो । विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यालयले छोटो समयमै दाङको देउखुरी उपत्यकामा गुणस्तरीय […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

एजेन्सी । पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा अज्ञात बन्दुकधारीको समूहले पोलियो अभियानमा खटिएका प्रहरीको गाडीमा आक्रमण गर्दा कम्तीमा एक जना प्रहरीको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएको आधिकारिक स्रोतहरूले बताएका छन् । आक्रमणको घटना हंगु जिल्लामा भएको थियो, जहाँ प्रहरी टोली पोलियो विरोधी अभियानको लागि सुरक्षा प्रभाव गर्ने कर्तव्य पालन गर्न जाँदै थियो, […]

error: Content is protected !!