२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

गढवा १ नम्बरमा योजना,कार्यक्रमहरुको संकलन तथा छनौट अन्तरक्रिया एवं वडा भेला सम्पन्न

Logo
ABC-Sanchar प्रकाशित आइतबार, आषाढ ०८, २०८२

दाङ । गढवा गाउँपालिका वडा नं. १ मलमलामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सञ्चालन गरिने योजना तथा कार्यक्रमहरूको संकलन तथा छनोटका लागि अन्तरक्रिया कार्यक्रम तथा वडा भेला सम्पन्न भएको छ।

गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख अतिथि तथा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीको बिशिष्ट आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर १ बडहरा निवासी भीमबहादुर विश्वकर्माले मूर्ति निर्माणको क्षेत्रमा उत्कृष्ट मूर्तिकार भई नेपाल ललित प्रज्ञा प्रतिष्ठान काठमाडौँबाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै मूर्तिकार भई विभिन्न क्षेत्रमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै नगद सम्मान समेत गरेको छ।

गढवा गाउँपालिका वडा नं. १ वडा कार्यालयको आयोजनामा आयोजित उक्त कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, बुद्धिजीवी, युवा, महिलाहरू, सामाजिक संघ–संस्थाका प्रतिनिधिहरू, किसान, शिक्षक तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका वडा नम्बर १ का वडा सचिव मधुसुदन पौडेलले गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!