१० आषाढ २०८३, बुधबार
24-06-2026 , Wed
×

दाङ जिल्ला ट्राफिकले घोराही क्षेत्रका बिभिन्न वर्कशप तथा सोरुमका सँचालकहरुसं अन्तर्क्रिया

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित आइतबार, आषाढ ०८, २०८२

दाङ । घोराही जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले बिभिन्न सवारी साधनहरु तीब्र गती तथा स्वरुप परिवर्तन गरि ध्वनी प्रदुषण हुनुका साथै समाजमा सडक प्रयोगकर्ताहरु असुरक्षित भएकोले उक्त किसिमका कार्य तथा सवारी दुर्घटना न्यूनिकरणको लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बमको उपस्थितीमा घोराही क्षेत्रका बिभिन्न सवारी साधनहरुका वर्कशप तथा सो-रुमका सँचालकहरुको सहभागितामा दाङ जिल्ला भएर गुड्ने सवारी साधनहरुको ट्राफिक प्रहरी कार्यालय दाङको अनुरोधमा सवारी मेकानिकल चेकजाँचका लागी सहयोग गर्ने, सवारी साधनहरुको स्वरुप परिवर्तन नगर्ने, कोहि कसैले बलजफ्ती गरेमा प्रहरीलाई जानकारी गराउने, चोरीका सवारी साधनहरु, सवारी दुर्घटना भएर आएका सवारी साधनहरु तथा मर्मत गर्न आउदा सवारी दर्ता किताब,परिचय खुल्ने कागजातहरु राख्नुका साथै शँकास्पद देखिएमा ट्राफिक प्रहरी/ प्रहरीलाई जानकारी गराउने र मेकानिक्सहरुले सवारी मर्मत गरि सके पश्चात चेकजाँच गर्दा हेलमेट लगाउने, कम गतीमा चलाउने र मुख्य सडकमा सवारी नचलाउने लगायतका बिभिन्न बुदाहरुमा छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको जिल्ला ट्राफिक दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक बमले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  अर्घाखाँची । गाउँमै बसेर आफ्नो वडाको विकास योजना छान्ने यो अभ्यास एकदमै राम्रो हो। “जनताको सरकार,जनताको योजना भनेको यस्तै हो। तल्लो तहबाटै योजना टोल-टोलमा गएर किसान, आमा समूह, युवा, दलित सबैको राय लिन्छन्। सडक चाहिन्छ कि खानेपानी, कृषि मल डिपो चाहिन्छ कि स्वास्थ्यचौकी – जनता आफैले भन्छन्। पारदर्शिता वडामा कति बजेट आयो, त्यो कहाँ […]

कर्णाली प्रदेश । सुर्खेत हाम्रो समाज कता जाँदै छ त? ३ वटा संकेत देखिन्छन् दाइ/दिदी, माफी पाउँ” भनेर सकिने कुरा अहिले क्यामरा अगाडि, सामाजिक सञ्जालमा ल्याएर इगोको युद्ध हुन्छ। समन्वय र सद्भावको ठाउँमा “मैले जित्नुपर्छ” भन्ने भावना आयो। अहिले “जे पनि गरेर भाइरल हुनुपर्छ” भन्ने परिपाटी आयो। क्यामरामेन-महिला झगडा पनि भोलि रिल बन्छ। गम्भीर कुरा […]

कपिलवस्तु । कृष्णानगर-१, शिवानगरमा *श्री देवी विद्या पीठ मा.वि.का विद्यार्थीहरूले आज राजमार्ग बन्द गरेका छन्। स्कूलका विद्यार्थीहरु सडकमा ओर्लिने पछाडि सामान्यतया ३-४ वटा कारण हुन्छन्: शैक्षिक माग शिक्षक अभाव, पुराना भवन, प्रयोगशाला/कम्प्युटर ल्याब नहुनु, छात्रवृत्तिको समस्या राजमार्ग नजिकै स्कूल हुँदा जेब्रा क्रसिङ, स्पिड ब्रेकर, ट्राफिक प्रहरीको माग। बागबजारमा हामीले ट्राफिक सचेतनाको कुरा गर्यौं नि, विद्यार्थीको […]

error: Content is protected !!