०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

सोमबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित सोमबार, आषाढ ०९, २०८२

२०८२/०३/०९ गतेको राशिफल

मेष -आज वाणी र व्यवहारमा संयमता आवश्यक छ। काममा चञ्चलता बढ्न सक्छ, तर त्यसलाई उचित दिशा दिन सके सफलतामा परिणत हुन सक्छ।
पारिवारिक मामिलामा विचार पुर्‍याएर मात्र प्रतिक्रिया जनाउनु उपयुक्त हुन्छ। अकारण बहसमा नपर्नु हितकर हुन्छ।विदेश वा लामो यात्रा गर्दा ख्याल गर्नु पर्नेछ ।

वृष -धेरै समयदेखि अड्किएको काम अघि बढ्नेछ ।परिवारको स्नेह र सहयोगले आत्मबल बढाउनेछ।आजको दिन आर्थिक पक्षमा समेत सन्तोषजनक रहन सक्छ। तर, बाचा बन्धन गर्नु परेमा सावधानी अपनाउनु श्रेयस्कर हुन्छ।

मिथुन -चन्द्रमा आफ्नै राशिमा हुँदा मन उत्साही, विचारमा स्पष्टता र कार्यक्षमता बढ्ने दिन हो।नयाँ योजना बनाउने, बोलचालमा प्रभुत्व जमाउने समय हो। तर, गफ गर्ने क्रममा गोप्य कुरा खोल्नु अनुपयुक्त हुन्छ।विदेश वा लामो यात्रा गर्न अनुकूल समय छ। व्यापार वा अध्ययनका लागि यात्रा शुभ रहनेछ।

कर्कट -भावनामा वगेर निर्णय गर्न उपर्युक्त छैन ।व्यावहारिक दृष्टिकोण आवश्यक हुन्छ।पुराना स्मृति र अनुत्तरित प्रश्नहरूले मन गह्रौं बनाउन सक्छन्, तर अध्यात्म वा ध्यानले मानसिक सन्तुलन कायम राख्न सकिन्छ।

सिंह -सामाजिक सम्बन्ध सुदृढ बनाउने अवसर मिल्नेछ। प्रभावशाली व्यक्तिसँग भेट वा सल्लाह पाउने सम्भावना छ।
तर, अहंकार वा आवेगमा निर्णय गर्न खोजिएमा पछुतो हुन सक्छ।आत्मनियन्त्रण आवश्यक छ।मंगल–केतुको प्रभावले अचानक यात्रा योजना बन्न सक्छ, तर सोच–विचार गरेर मात्र अघि बढ्नु होला।

कन्या -काममा अनुशासन र निरन्तरता देखिनेछ। उच्चपदस्थ वा सम्माननीय व्यक्तिबाट सहयोग प्राप्त हुन सक्छ।आज लिएको निर्णयले दीर्घकालीन असर पार्न सक्छ, अतः सोचविचार गरेर मात्र अघि बढ्नु श्रेयस्कर हुन्छ।

तुला -धार्मिक भावना, गुरु वा मार्गदर्शकको स्मरण, र पठन–पाठनमा झुकाव बढ्नेछ।टाढा रहेका आफन्त वा साथीबाट सन्देश वा शुभ सूचना प्राप्त हुने सम्भावना पनि छ।विदेश वा टाढा यात्रा गर्ने योजना बन्न सक्छ। अध्ययन, धर्म, वा संस्कृतिको खोजीका लागि यात्रा शुभ हुनेछ।

वृश्चिक -अहिले विचारमा गहिराइ र अन्तरदृष्टि बढ्ने समय हो। गोप्य वा अनुसन्धानात्मक कार्यमा सफलता मिल्नेछ।तर, सम्पत्ति वा अधिकार सम्बन्धी मामिलामा छिटो निर्णय गर्नु भने हानिकारक हुन सक्छ। सतर्कता आवश्यक छ।

धनु -सम्बन्ध वा साझेदारीमा ध्यान दिनुपर्ने छ ।बोली र भावनाको सन्तुलन राख्नु आवश्यक छ । आजको निर्णय सम्बन्ध सुधार वा बिगार दुबै दिशामा जानसक्छ अतः विचार गरी प्रतिक्रिया जनाउनु उत्तम हुनेछ ।विदेश यात्रा सफल हुने योग छ।

मकर -दैनिक कार्यमा व्यस्तता रहनेछ। अल्छीपन हटाई परिश्रम गर्न सक्नुहुनेछ।
स्वास्थ्य पक्षमा ध्यान पुर्‍याउनु उत्तम हुन्छ विशेषतः खाना र निद्राको नियमितता चाहिन्छ।

कुम्भ -मन रमाइलोतर्फ आकर्षित हुन सक्छ। सिर्जनात्मक कार्य, प्रेमप्रसंग वा बालबालिकासँग सम्बन्धित विषयहरूमा सफलता मिल्नेछ।
तर, स्वेच्छाचारिता वा मनोरञ्जनको नाममा समयको अपव्यय हुन नदिनु राम्रो।

मीन- घरपरिवारसँगको आत्मीयता बढ्नेछ। पूजापाठ वा धार्मिक चासोले मन शान्त बन्नेछ।तर, घरेलु खर्च वा सम्पत्ति व्यवस्थापनमा होश राख्नु उचित हुन्छ। सल्लाह बिना निर्णय नलिनु राम्रो।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

बाँके । भारतले पुरानो सिमा पिलर नयाँ राख्ने निउमा नेपाल तर्फको भाग मिचेर अर्को पिलर खडा गरेको छ । पुरानो पिलरको पुर्वपश्चिम पारेर पनि त नयाँ पिलर राख्न सकिन्छ । पुरानो पिलर भन्दा नयाँ पिलर दक्षिण पार्दा भारतको सिमा मिचिन्छ भने उत्तर तिर पार्दा नेपालको सिमान मिचिन्छ । कहाँ छन राजनीति दलहरु ? कहाँ छ […]

दाङ । भालुवाङ चन्द्रसूर्य हाेटलमा रात्रिकालिन बसका यात्रुलाई बासीभात, गुणस्तरहिन खाना खुवाउने गरेको यात्रुको व्यापक गुनासो सुन्नमा आएको छ । दाङको पूर्वी देउखुरीमा गढवा गाउँपालिका -१, टहँडास्थित होटल चन्द्रसूर्यमा यस्तो अत्यन्तै कमसल खाना दिएको दाङबाट राजधानी काठमाडौं जाने एक यात्रु दशरथ बस्नेतले भिडियोमा प्रत्यक्ष बोलेका छन् ।चलेको दर भाउभन्दा दोब्बर पैसा लिनेे तर खानाको कुनै […]

error: Content is protected !!