२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सोमबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित सोमबार, आषाढ ०९, २०८२

२०८२/०३/०९ गतेको राशिफल

मेष -आज वाणी र व्यवहारमा संयमता आवश्यक छ। काममा चञ्चलता बढ्न सक्छ, तर त्यसलाई उचित दिशा दिन सके सफलतामा परिणत हुन सक्छ।
पारिवारिक मामिलामा विचार पुर्‍याएर मात्र प्रतिक्रिया जनाउनु उपयुक्त हुन्छ। अकारण बहसमा नपर्नु हितकर हुन्छ।विदेश वा लामो यात्रा गर्दा ख्याल गर्नु पर्नेछ ।

वृष -धेरै समयदेखि अड्किएको काम अघि बढ्नेछ ।परिवारको स्नेह र सहयोगले आत्मबल बढाउनेछ।आजको दिन आर्थिक पक्षमा समेत सन्तोषजनक रहन सक्छ। तर, बाचा बन्धन गर्नु परेमा सावधानी अपनाउनु श्रेयस्कर हुन्छ।

मिथुन -चन्द्रमा आफ्नै राशिमा हुँदा मन उत्साही, विचारमा स्पष्टता र कार्यक्षमता बढ्ने दिन हो।नयाँ योजना बनाउने, बोलचालमा प्रभुत्व जमाउने समय हो। तर, गफ गर्ने क्रममा गोप्य कुरा खोल्नु अनुपयुक्त हुन्छ।विदेश वा लामो यात्रा गर्न अनुकूल समय छ। व्यापार वा अध्ययनका लागि यात्रा शुभ रहनेछ।

कर्कट -भावनामा वगेर निर्णय गर्न उपर्युक्त छैन ।व्यावहारिक दृष्टिकोण आवश्यक हुन्छ।पुराना स्मृति र अनुत्तरित प्रश्नहरूले मन गह्रौं बनाउन सक्छन्, तर अध्यात्म वा ध्यानले मानसिक सन्तुलन कायम राख्न सकिन्छ।

सिंह -सामाजिक सम्बन्ध सुदृढ बनाउने अवसर मिल्नेछ। प्रभावशाली व्यक्तिसँग भेट वा सल्लाह पाउने सम्भावना छ।
तर, अहंकार वा आवेगमा निर्णय गर्न खोजिएमा पछुतो हुन सक्छ।आत्मनियन्त्रण आवश्यक छ।मंगल–केतुको प्रभावले अचानक यात्रा योजना बन्न सक्छ, तर सोच–विचार गरेर मात्र अघि बढ्नु होला।

कन्या -काममा अनुशासन र निरन्तरता देखिनेछ। उच्चपदस्थ वा सम्माननीय व्यक्तिबाट सहयोग प्राप्त हुन सक्छ।आज लिएको निर्णयले दीर्घकालीन असर पार्न सक्छ, अतः सोचविचार गरेर मात्र अघि बढ्नु श्रेयस्कर हुन्छ।

तुला -धार्मिक भावना, गुरु वा मार्गदर्शकको स्मरण, र पठन–पाठनमा झुकाव बढ्नेछ।टाढा रहेका आफन्त वा साथीबाट सन्देश वा शुभ सूचना प्राप्त हुने सम्भावना पनि छ।विदेश वा टाढा यात्रा गर्ने योजना बन्न सक्छ। अध्ययन, धर्म, वा संस्कृतिको खोजीका लागि यात्रा शुभ हुनेछ।

वृश्चिक -अहिले विचारमा गहिराइ र अन्तरदृष्टि बढ्ने समय हो। गोप्य वा अनुसन्धानात्मक कार्यमा सफलता मिल्नेछ।तर, सम्पत्ति वा अधिकार सम्बन्धी मामिलामा छिटो निर्णय गर्नु भने हानिकारक हुन सक्छ। सतर्कता आवश्यक छ।

धनु -सम्बन्ध वा साझेदारीमा ध्यान दिनुपर्ने छ ।बोली र भावनाको सन्तुलन राख्नु आवश्यक छ । आजको निर्णय सम्बन्ध सुधार वा बिगार दुबै दिशामा जानसक्छ अतः विचार गरी प्रतिक्रिया जनाउनु उत्तम हुनेछ ।विदेश यात्रा सफल हुने योग छ।

मकर -दैनिक कार्यमा व्यस्तता रहनेछ। अल्छीपन हटाई परिश्रम गर्न सक्नुहुनेछ।
स्वास्थ्य पक्षमा ध्यान पुर्‍याउनु उत्तम हुन्छ विशेषतः खाना र निद्राको नियमितता चाहिन्छ।

कुम्भ -मन रमाइलोतर्फ आकर्षित हुन सक्छ। सिर्जनात्मक कार्य, प्रेमप्रसंग वा बालबालिकासँग सम्बन्धित विषयहरूमा सफलता मिल्नेछ।
तर, स्वेच्छाचारिता वा मनोरञ्जनको नाममा समयको अपव्यय हुन नदिनु राम्रो।

मीन- घरपरिवारसँगको आत्मीयता बढ्नेछ। पूजापाठ वा धार्मिक चासोले मन शान्त बन्नेछ।तर, घरेलु खर्च वा सम्पत्ति व्यवस्थापनमा होश राख्नु उचित हुन्छ। सल्लाह बिना निर्णय नलिनु राम्रो।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।