धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डम्बर बहादुर बि.क.ले इलाका प्रहरी कार्यालय दोधरा चाँदनीको कार्यालय भवन, सम्पुर्ण शाखाहरु, ब्यारेक, मेस, क्वाटर गार्ड तथा हिरासत कक्षको निरीक्षण गर्नु भई इलाकाको समग्र वस्तु स्थितिको बारेमा जानकारी लिनुका साथै इलाका प्रहरी कार्यालय तथा मातहत समेतमा कार्यरत प्रहरी युनिटका ईन्चार्जहरुलाई निर्देशन दिनु भयो ।