२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सल्यानका प्रमुख जिल्ला अधिकारी साबित्रा थापाद्वारा हार्दिक कृतज्ञता धन्यवाद ज्ञापन

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आषाढ ०९, २०८२

दाङ । सल्यान जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी प्रदान गर्नुहुने माननीय गृहमन्त्रीज्यू ,श्रीमान गृहसचिवज्यू तथा गृह मन्त्रालय परिवारप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । जिल्लाको कार्य सम्पादनको सिलसिलामा प्राप्त निर्देशन, सल्लाह, सुझाव एवं सहयोगका लागि प्रतिनिधि सभाका माननीय सदस्यज्यू ,प्रदेश सरकारका माननीय मन्त्रीज्यू ,माननीय सदस्यज्यूहरू, श्रीमान प्रमुख सचिवज्यू, समन्वय समितिका प्रमुखज्यू तथा उपप्रमुखज्यू लगायत पदाधिकारीज्यूहरू,१० वटै स्थानीयतहका प्रमुखज्यू तथा उपप्रमुखज्यू लगायतका

जनप्रतिनिधिज्यूहरू, जिल्लास्थित सम्पूर्ण राजनीतिक दल तथा भातृ सङ्गठनका प्रमुख तथा प्रतिनिधिज्यूहरू, कार्यालय प्रमुख हरू ,कर्मचारी मिलन केन्द्र परिवार तथा सम्पूर्ण राष्ट्रसेवक कर्मचारी मित्रहरू, क्याम्पस प्रमुख,स्कुलका प्रधानाध्यापक, नागरिक समाज, उद्योगी, व्यवसायीहरू, सञ्चारकर्मी मित्रहरू, गैर सरकारी निकायका पदाधिकारीहरू लगायत सम्पूर्ण सल्यानबासी महानुभावहरूमा धेरै धेरै धन्यवाद र कृतज्ञता व्यक्त गर्दछु

विशेष गरी सुरक्षा निकायका प्रमुख लगायत सम्पूर्ण सुरक्षाकर्मीसाथीहरू र जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी र मेरा सबै सहकर्मी साथीहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]