१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

ईप्रका भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीद्वारा शान्ति सुरक्षामा तीब्र कडाइ,

Logo
बिदुर एमसी प्रकाशित सोमबार, आषाढ ०९, २०८२

दाङ । पूर्वी देउखुरी भालुवाङ सहित राप्ती गाउँपालिका क्षेत्रमा प्रहरीको सुरक्षा सक्रियता बढेको देखिन्छ । ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक पुष्कर सिंह ऐरी आफ्नो सेवा क्षेत्रमा दिनरात खटिरहेका छन् ।

हालैका दिनदेखि राप्ती गाउँपालिकामा खासगरी पाखापानी, मौरिघाटमा रातिको बेला होहल्ला गर्ने, चोरी गर्नेजस्ता घटनाहरु बढ्दै जान थालेका हुनाले प्रहरीको सुरक्षा सक्रियता बढेको प्रहरी प्रमुख ऐरीले बताएका छन् । रातिको समयमा प्रहरीले गस्ती गर्दा देखिने भेटिने त्यस्ता शंकास्पद व्यक्तिहरुलाई आवश्यक अनुसन्धान सोधपुछ गरेर उनीहरूका तथ्यांक लिएर मात्रै छोड्ने गरिएको उनलेे जानकारी दिए ।

पूर्वमा प्युठानसित सिमाना जोडिएको शान्तिपुर चैतेदेखी पश्चिममा लमही नगरपालिकाको नर्तीसम्म प्रहरीले सुरक्षा सक्रियता बढाएको छ । प्रहरी पनि पोसाक सहितको नागरिक भएकोले बिना पोसाकमा रहेका प्रहरी अर्थात आम नागरिकसितको सहयोगमा यस्तो सक्रियता बढाइएको उनको दाबी छ । दिउँसोको समयमा पनि हाम्रो गस्ती हुन्छ । त्योभन्दा अधिक रातिको समयमा गाउँ गाउँमा हामीले गस्ती बढाएका छौँ, प्रहरी निरीक्षक ऐरीले स्पष्ट पारे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

काठमाडौं । फोटोमा तत्कालीन आईजी उपेन्द्रकान्त अर्यालसहित जेन–जी आन्दोलन जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्मा, हालै गठित सम्पत्ति छानवीन आयोगका सदस्य गणेश केसी (तत्कालीन डीआईजीहरु) र हाल लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्री पनि देखिएका कारण सोधखोज बढी भएको बुझेँ । त्यसबेला (विसं २०७१) म माननीय उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको प्रेस संयोजकको जिम्मेवारीमा थिएँ । हामी […]

दाङ । घोराही बनाउ अभियानका संयोजक सबिन प्रियासनले सुर्ती गुटका बन्द गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ । सुर्ती गुटकाको खोलका कारण चारैतिर फोहोर बढेको, प्रदूषण बढेको जनाउँदै उहाँले प्लास्टिकबाट बनेको खोललाई कागजमा परिणत नगर्दासम्म सुर्ती गुटका बन्द गर्न सरकारलाई अनुरोध गर्नु भयको हो । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रियासनले हरेक स्थानीय सरकारले स्थानीय नीति […]

error: Content is protected !!