बीबीसीका अनुसार सोमबार इरानी मिडियाले इरानले अमेरिकाको बमवर्षाको प्रतिक्रियामा शक्तिशाली र विजयी आक्रमण सुरु गरेको उल्लेख गरेका छन् ।
इरानको तास्निम एजेन्सीका अनुसार इरानी क्रान्तिकारी सुरक्षाले ती दुई देशमा अवस्थित अमेरिकी सैन्य अखडालाई निशाना बनाएका हुन् । कतारमा पछिल्लो केही मिनेटहरुमा विस्फोटका आवाजहरु सुनिएका थिए ।
यसैबीच कतारले इरान–इजरेलको युद्धका कारण सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै अस्थायीरुपमा हवाई उडान बन्द गरेको छ ।
सोमबार कतारको विदेश मन्त्रालयले आफ्ना देशका नागरिक, आगन्तुकको सुरक्षालाई ख्याल गर्दै हवाई आवातजावत अस्थायीरुपमा बन्द गरिएको जनाएको छ ।
एबीसी न्यूजका अनुसार एक अमेरिकी उच्च रक्षा अधिकारीले भने, ‘यो खतरा वास्तविक हो भन्ने हामीलाई लागेमा मात्र हवाई क्षेत्र बन्द गर्छौ ।’एजेन्सी