२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

मंगलबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित मंगलबार, आषाढ १०, २०८२

मेष – अाज मनलाई अलिक अस्थिर बनाउन सक्छ। घरपरिवार र आमासँग सम्बन्धमा संवेदनशीलता आउन सक्छ। स्थिर निर्णय गर्नु अघि केही समय सोचविचार गर्नुहोस्। घर वा सवारी साधनसम्बन्धी विषयमा खर्च वा चिन्ता देखिन्छ।

वृष -ऊर्जा, साहस र निर्णयक्षमतामा वृद्धि ल्याउनेछ। छोटो यात्रा, सञ्चार, बहस वा सामाजिक काममा सफलता मिल्नेछ। दाजुभाइ वा साथीभाइको साथबाट फाइदा मिल्ने सम्भावना छ।

मिथुन -आर्थिक चिन्तनमा लगाउनेछ। आयको बाटो खुलेको देखिन्छ तर अनावश्यक खर्च बढ्न सक्छ। बोल्दाखेरी विचार गर्न आवश्यक छ, झर्किने वा रुष्ट हुने सम्भावना।

कर्कट -राशिस्थ चन्द्रमा भएका कारण मन सम्वेदनशील हुनेछ। आत्मविश्लेषणको समय हो। शरीर थकित वा अल्छी लाग्न सक्छ। तर नयाँ योजनाको थालनीको लागि राम्रो समय। आत्मविश्वास कायम राख्नुपर्छ।

सिंह -यात्रामा खर्च, मानसिक उल्झन र निद्रा कम हुने सम्भावना देखिन्छ। एक्लोपन वा चिन्ता बढ्न सक्छ। अध्यात्म वा ध्यानले राहत दिनेछ।

कन्या -भेटघाट, सामाजिक सञ्जाल वा समूह कार्यमा सफलता दिलाउनेछ। नयाँ योजनाहरू बन्न सक्छन्। आम्दानीमा वृद्धिको संकेत छ। आकस्मिक लाभको सम्भावना।

तुला -कर्मक्षेत्रमा चमक ल्याउनेछ। जागिर वा व्यवसायमा नयाँ जिम्मेवारी मिल्न सक्छ। नेतृत्व क्षमता देखिनेछ। उच्च अधिकारी वा ठूला मान्छेसँग भेटघाटका योग छन्।

वृश्चिक -यात्रा, धर्मकर्म, गुरु वा शिक्षासम्बन्धी कार्यमा ध्यान केन्द्रित गराउनेछ। दूरदराजको सम्पर्क लाभदायक हुनेछ। भाग्यले साथ दिने दिन।

धनु -अष्टमस्थ चन्द्रमा भएकाले स्वास्थ्य, अनिद्रा वा मानसिक तनावको सम्भावना देखिन्छ। जोखिमयुक्त काम नगर्नुहोस्। पुराना ऋण वा करसम्बन्धी काममा फसेको भए समाधानको संकेत।

मकर -वैवाहिक वा साझेदारी सम्बन्धमा केही उतारचढाव देखिन सक्छ। प्रेम सम्बन्धमा द्विविधा आउन सक्छ। वार्तामा स्पष्टता आवश्यक छ।

कुम्भ -प्रतिस्पर्धा, कामकाजी क्षेत्र, ऋण र रोगसम्बन्धी पक्षमा सक्रियता ल्याउनेछ। कडा परिश्रम गर्नु पर्ने भए पनि सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार।

मीन -पञ्चम चन्द्रमा सन्तान, प्रेम वा सिर्जनात्मक पक्षमा मन लगाउने संकेत। अध्ययन, अध्यापन वा प्रतियोगितात्मक कार्यमा लाभ मिल्नेछ। रचनात्मक सोचले सफल बनाउनेछ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]