१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

मधेस प्रदेशका मुख्यमन्त्री सिंहको छ्ड्के अवैध रूपमा सवारी कर असुली गर्ने ३ जना रंगेहात पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आषाढ १०, २०८२

पर्सा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सोमवार पर्साको ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा रहेको ढाटमा छड्के अनुगमन गरेका छन् । अनुगमनका क्रममा अवैध रूपमा सवारी कर असुली गरेको आरोपमा तीन जनालाई रंगेहात पक्राउ गरिएको छ ।

मुख्यमन्त्री सिंहले ठोरीको एक कार्यक्रममा सहभागी भएर वीरगञ्ज फर्कने क्रममा भारतीय नम्बर प्लेट भएका गाडीहरूमाथि तोकिएभन्दा बढी रकम असुली भएको गुनासोका आधारमा अनुगमन गर्न ढाटमा पुगेका थिए ।

अनुगमनमा ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा राखिएका अस्थायी ढाटहरूमा अवैध असुली भइरहेको पाइएपछि तीन जनालाई पक्राउ गरी प्रहरीलाई बुझाइएको हो ।

पक्राउ पर्नेहरूमा पर्सा जिल्ला, वीरगञ्ज महानगरपालिका–२४ को रामगढवा टोल निवासी २९ वर्षीय आकाश पटेल, वीरगञ्ज –२२ जगरनाथपुर टोलका २६ वर्षीय रुपलाल सहनी र बारा जिल्लाको फेटा गाउँपालिका–४ फुलवारीया टोलका ४३ वर्षीय भरत प्रसाद साह रहेका छन् ।

पक्राउ परेकाहरूलाई वडा प्रहरी कार्यालय श्रीपुरमा हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालले जानकारी दिए ।

मुख्यमन्त्री सिंहले अवैध गतिविधिप्रति प्रदेश सरकारको ‘शून्य सहनशीलता’ नीति रहेको प्रस्ट पार्दै भने, “जनताको गुनासो सुनिन्थ्यो, आज प्रत्यक्ष देखियो । अब बलजफती कर र सवारीसाधनमाथिको दुर्व्यवहार सह्य हुने छैन ।”

प्रदेश सरकारले यसअघि पनि सीमा नाका र ढाटहरूमा हुने अवैध असुली नियन्त्रणका लागि पहल गर्दै आएको छ । सोमवारको छड्के अनुगमनलाई सरकारको कडा कारबाहीको सङ्केतका रूपमा हेरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

काठमाडौं । फोटोमा तत्कालीन आईजी उपेन्द्रकान्त अर्यालसहित जेन–जी आन्दोलन जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्मा, हालै गठित सम्पत्ति छानवीन आयोगका सदस्य गणेश केसी (तत्कालीन डीआईजीहरु) र हाल लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्री पनि देखिएका कारण सोधखोज बढी भएको बुझेँ । त्यसबेला (विसं २०७१) म माननीय उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको प्रेस संयोजकको जिम्मेवारीमा थिएँ । हामी […]

दाङ । घोराही बनाउ अभियानका संयोजक सबिन प्रियासनले सुर्ती गुटका बन्द गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ । सुर्ती गुटकाको खोलका कारण चारैतिर फोहोर बढेको, प्रदूषण बढेको जनाउँदै उहाँले प्लास्टिकबाट बनेको खोललाई कागजमा परिणत नगर्दासम्म सुर्ती गुटका बन्द गर्न सरकारलाई अनुरोध गर्नु भयको हो । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रियासनले हरेक स्थानीय सरकारले स्थानीय नीति […]

error: Content is protected !!