०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

मधेस प्रदेशका मुख्यमन्त्री सिंहको छ्ड्के अवैध रूपमा सवारी कर असुली गर्ने ३ जना रंगेहात पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आषाढ १०, २०८२

पर्सा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सोमवार पर्साको ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा रहेको ढाटमा छड्के अनुगमन गरेका छन् । अनुगमनका क्रममा अवैध रूपमा सवारी कर असुली गरेको आरोपमा तीन जनालाई रंगेहात पक्राउ गरिएको छ ।

मुख्यमन्त्री सिंहले ठोरीको एक कार्यक्रममा सहभागी भएर वीरगञ्ज फर्कने क्रममा भारतीय नम्बर प्लेट भएका गाडीहरूमाथि तोकिएभन्दा बढी रकम असुली भएको गुनासोका आधारमा अनुगमन गर्न ढाटमा पुगेका थिए ।

अनुगमनमा ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा राखिएका अस्थायी ढाटहरूमा अवैध असुली भइरहेको पाइएपछि तीन जनालाई पक्राउ गरी प्रहरीलाई बुझाइएको हो ।

पक्राउ पर्नेहरूमा पर्सा जिल्ला, वीरगञ्ज महानगरपालिका–२४ को रामगढवा टोल निवासी २९ वर्षीय आकाश पटेल, वीरगञ्ज –२२ जगरनाथपुर टोलका २६ वर्षीय रुपलाल सहनी र बारा जिल्लाको फेटा गाउँपालिका–४ फुलवारीया टोलका ४३ वर्षीय भरत प्रसाद साह रहेका छन् ।

पक्राउ परेकाहरूलाई वडा प्रहरी कार्यालय श्रीपुरमा हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालले जानकारी दिए ।

मुख्यमन्त्री सिंहले अवैध गतिविधिप्रति प्रदेश सरकारको ‘शून्य सहनशीलता’ नीति रहेको प्रस्ट पार्दै भने, “जनताको गुनासो सुनिन्थ्यो, आज प्रत्यक्ष देखियो । अब बलजफती कर र सवारीसाधनमाथिको दुर्व्यवहार सह्य हुने छैन ।”

प्रदेश सरकारले यसअघि पनि सीमा नाका र ढाटहरूमा हुने अवैध असुली नियन्त्रणका लागि पहल गर्दै आएको छ । सोमवारको छड्के अनुगमनलाई सरकारको कडा कारबाहीको सङ्केतका रूपमा हेरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

बाँके । भारतले पुरानो सिमा पिलर नयाँ राख्ने निउमा नेपाल तर्फको भाग मिचेर अर्को पिलर खडा गरेको छ । पुरानो पिलरको पुर्वपश्चिम पारेर पनि त नयाँ पिलर राख्न सकिन्छ । पुरानो पिलर भन्दा नयाँ पिलर दक्षिण पार्दा भारतको सिमा मिचिन्छ भने उत्तर तिर पार्दा नेपालको सिमान मिचिन्छ । कहाँ छन राजनीति दलहरु ? कहाँ छ […]

दाङ । भालुवाङ चन्द्रसूर्य हाेटलमा रात्रिकालिन बसका यात्रुलाई बासीभात, गुणस्तरहिन खाना खुवाउने गरेको यात्रुको व्यापक गुनासो सुन्नमा आएको छ । दाङको पूर्वी देउखुरीमा गढवा गाउँपालिका -१, टहँडास्थित होटल चन्द्रसूर्यमा यस्तो अत्यन्तै कमसल खाना दिएको दाङबाट राजधानी काठमाडौं जाने एक यात्रु दशरथ बस्नेतले भिडियोमा प्रत्यक्ष बोलेका छन् ।चलेको दर भाउभन्दा दोब्बर पैसा लिनेे तर खानाको कुनै […]

error: Content is protected !!