०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

ललितपुर प्रहरीद्वारा जिल्ला भरि लागुऔषध दुर्व्यसनरहित घर अभियान बिहीबारदेखि सुरु

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आषाढ १२, २०८२

काठमाडौं । ललितपुर महानगरपालिकामा लागुऔषध दुर्व्यसनरहित घर अभियान सुरु गरिएको छ । सानेपामा आयोजित समारोहमा ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन र उपत्यका प्रहरी कार्यालयका एआईजी टेक बहादुर तामाङले समझदारी पत्रमा हस्ताक्षर गरे ।
लागुऔषध दुरुपयोग एवम् ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित समारोहमा ललितपुरका मेयर चिरिबाबु महर्जनले अभियान सफल पार्न लागि पर्ने बताए । उनले भने– ‘सबैलाई धन्यवाद, धेरै राम्रो कामको सुरुवात भएको छ ।’
ललितपुर प्रहरीले एकदमै सराहनीय काम गर्दै आएको उल्लेख गर्दै महर्जनले प्रहरीसँगको सहकार्यमा अभियान सफल पारिने उद्घोष गरेका छन् । कार्यक्रम जिल्ला प्रशासन कार्यालय ललितपुर, जिल्ला प्रहरी परिसर ललितपुर र ललितपुर महानगरपालिकाले आयोजना गरेका हुन् ।
कार्यक्रममा आईजीपी दीपक थापाले लागुऔषध ‘रोग’ भएको बताए । उनले भने, ‘लागुऔषध नियन्त्रण गर्न हामीले विभिन्न अभियान र अपरेसन सञ्चालन गरिरहेका छौँ ।’
ललितपुर महानगरपालिका भित्र सुरु गरिएको लागुऔषध दुर्व्यसनरहित घर अभियानलाई अभियानलाई व्यवस्थित रूपमा लैजान आईजीपी थापाले उपत्यका प्रहरी कार्यालयका एआईजी टेकबहादुर तामाङ र ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीलाई निर्देशन दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

बाँके । भारतले पुरानो सिमा पिलर नयाँ राख्ने निउमा नेपाल तर्फको भाग मिचेर अर्को पिलर खडा गरेको छ । पुरानो पिलरको पुर्वपश्चिम पारेर पनि त नयाँ पिलर राख्न सकिन्छ । पुरानो पिलर भन्दा नयाँ पिलर दक्षिण पार्दा भारतको सिमा मिचिन्छ भने उत्तर तिर पार्दा नेपालको सिमान मिचिन्छ । कहाँ छन राजनीति दलहरु ? कहाँ छ […]

दाङ । भालुवाङ चन्द्रसूर्य हाेटलमा रात्रिकालिन बसका यात्रुलाई बासीभात, गुणस्तरहिन खाना खुवाउने गरेको यात्रुको व्यापक गुनासो सुन्नमा आएको छ । दाङको पूर्वी देउखुरीमा गढवा गाउँपालिका -१, टहँडास्थित होटल चन्द्रसूर्यमा यस्तो अत्यन्तै कमसल खाना दिएको दाङबाट राजधानी काठमाडौं जाने एक यात्रु दशरथ बस्नेतले भिडियोमा प्रत्यक्ष बोलेका छन् ।चलेको दर भाउभन्दा दोब्बर पैसा लिनेे तर खानाको कुनै […]

error: Content is protected !!