०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

भिजिट भिसा प्रकरणमा गृहमन्त्री विरुद्ध झुटा आरोप लगाउने प्रयास भयो, सभापति देउवा,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आषाढ १३, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादर देउवाले निर्धारित समयमा नै पार्टीको महाधिवेशन हुने बताएका छन्। बिहीबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले निर्धारित समयमा नै महाधिवेशन हुने बताएका हुन्।

सभापति देउवाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीविरुद्ध झुटा आरोप लगाउने प्रयास भएको उल्लेख गरे। उनले कांग्रेस र एमाले फरक-फरक दल भएकाले कतिपय निर्णयमा एकमत नहुनु सामान्य कुरा भएको बताए।

सभापति देउवाले कांग्रेसको आग्रहपछि टेक एन्ड पे हटाएको भन्दै यसलाई सामान्य रुपमा लिन आग्रह समेत गरे। कांग्रेसकी नेतृ तथा प्रजातन्त्र सेनानी गौरीदेवी प्रधानको श्रद्धाञ्जली सभामा सहभागी हुन सभापति देउवा लगायतका नेता चितवन पुगेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

बाँके । भारतले पुरानो सिमा पिलर नयाँ राख्ने निउमा नेपाल तर्फको भाग मिचेर अर्को पिलर खडा गरेको छ । पुरानो पिलरको पुर्वपश्चिम पारेर पनि त नयाँ पिलर राख्न सकिन्छ । पुरानो पिलर भन्दा नयाँ पिलर दक्षिण पार्दा भारतको सिमा मिचिन्छ भने उत्तर तिर पार्दा नेपालको सिमान मिचिन्छ । कहाँ छन राजनीति दलहरु ? कहाँ छ […]

दाङ । भालुवाङ चन्द्रसूर्य हाेटलमा रात्रिकालिन बसका यात्रुलाई बासीभात, गुणस्तरहिन खाना खुवाउने गरेको यात्रुको व्यापक गुनासो सुन्नमा आएको छ । दाङको पूर्वी देउखुरीमा गढवा गाउँपालिका -१, टहँडास्थित होटल चन्द्रसूर्यमा यस्तो अत्यन्तै कमसल खाना दिएको दाङबाट राजधानी काठमाडौं जाने एक यात्रु दशरथ बस्नेतले भिडियोमा प्रत्यक्ष बोलेका छन् ।चलेको दर भाउभन्दा दोब्बर पैसा लिनेे तर खानाको कुनै […]

error: Content is protected !!