२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

शनिबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित शनिबार, आषाढ १४, २०८२

मेष-पारिवारिक आत्मीयता बढ्नेछ। नयाँ सुरुवातको सोच हुनु राम्रो भए पनि निर्णयमा केही ढिलाइ गर्नु बुद्धिमत्ता हुनेछ। प्रतीक्षाबाट लाभ हुनेछ। अध्ययन र लेखनमा प्रगति देखिन्छ।

वृष-सञ्चार, लेखन वा शैक्षिक क्षेत्रका लागि लाभदायक समय हो। विदेशसँग सम्बन्धित कागजी प्रक्रिया अगाडि बढ्न सक्छ। प्रेम वा आत्मीय सम्बन्धमा केही चिसोपन आउन सक्छ, संवादमा स्पष्टता आवश्यक हुनेछ।

मिथुन-आर्थिक क्षेत्रमा सुधार देखिन्छ। नयाँ व्यापार वा वैदेशिक आम्दानीको स्रोत खुल्ने संकेत छ। तर दैनिकीमा खर्च नियन्त्रण गर्नुपर्ने समय हो। सञ्चय र लगानी दुवैमा बुद्धिमत्तापूर्वक अघि बढ्नुस्।

कर्कट-चन्द्रमा स्वगृही भएकाले आत्मबल बलियो छ। पव्यक्तित्वमा आकर्षण, विचारमा गहिराइ आउँने समय हो। व्यवासायमा सफलता मिल्नेछ।

सिंह-आध्यात्मिक सोच वा ध्यान–साधनामा रुचि बढ्न सक्छ। सरकारी वा संस्थागत प्रक्रियामा विलम्ब भए तापनि दीर्घकालमा सफलता मिल्नेछ।

कन्या-सामूहिक प्रयास र मित्रताको बलमा नयाँ योजना अगाडि बढ्नेछ ।सन्तान वा प्रेम सम्बन्धमा नयाँ समझदारी बन्न सक्छ।

तुला-पेशागत जीवनमा विदेशसँग जोडिएको प्रस्ताव आउनसक्छ। प्रतिष्ठा र जिम्मेवारी बढ्न सक्छ। पदोन्नति वा नयाँ जिम्मेवारीको सम्भावना देखिन्छ। सहकर्मीबाट सहयोग अपेक्षित छ।

वृश्चिक-वैदेशिक शिक्षा, स्कलरशिप वा अनुसन्धानतर्फ लागेका लागि अनुकूल समय हो। पुराना सन्देश वा प्रतीक्षा गरिएको खबर आउनसक्छ। अध्यात्म वा दर्शनप्रति रुचि गहिरो हुनेछ।

धनु-अनुदान, ऋण, बीमा वा विदेशी लगानीसँग सम्बन्धित कार्य अघि बढ्नेछ। मानसिक अशान्ति र अनिश्चितताले तनाव दिन सक्छ। गहिरो सम्बन्धमा छलफल आवश्यक छ।

मकर-विदेशीसँग सम्बन्धित व्यापार वा सहकार्यमा गति आउन सक्छ। वैवाहिक वा साझेदारी सम्बन्धमा केही भावनात्मक दूरी देखिन सक्छ, तर खुला संवादले समस्या समाधान सम्भव छ।

कुम्भ-विदेशी कम्पनी वा प्रविधिसँग जोडिएको काममा उन्नति हुनेछ। स्वास्थ्यप्रति ध्यान पुर्याउनुपर्ने समय हो। सेवा वा प्रशासनिक क्षेत्रमा सुधार देखिन्छ। सन्तुलित दिनचर्याले सफलता दिलाउनेछ।

मीन-विदेशमा रहेका आफन्तसँगको सम्बन्धमा सन्देश वा भेटघाटको योग देखिन्छ। प्रेममा भावनात्मक गहिराइ बढ्नेछ। साहित्य, संगीत वा सृजनात्मक कर्मबाट आत्मसन्तुष्टि पाइनेछ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।