०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

सशस्त्र प्रहरी पर्साले ११ महिनामा ३८ करोड २७ लाख ७९ हजार ८९० मूल्य बराबरको सामान पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, आषाढ १४, २०८२

पर्सा । बिरगंज सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै अवैध कारोबार नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राधेश्याम धिमालले जानकारी दिए ।

धिमालका अनुसार, गत आर्थिक वर्षभरिमा भन्सार छली गरेर ल्याइएका १४ करोड ९९ लाख ५ हजार ५२८ मूल्य बराबरका सामान बरामद गरी भन्सार कार्यालयमा बुझाइएको थियो भने चालु आवको ११ महिनामै सो परिमाण झन्डै दुई गुणाले वृद्धि भई २७ करोड ५६ लाख ५६ हजार ४८७ मूल्य बराबरका सामान वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरिएका छन् ।

धिमालका अनुसार सशस्त्र प्रहरीले वीरगञ्ज भन्सार कार्यालयसँगको सहकार्यमा शङ्कास्पद गोदामहरूको अनुगमन र सघन निगरानीमार्फत भन्सार छलीका सामान बरामद गर्ने कार्यमा तीव्रता दिएको छ ।

सशस्त्र प्रहरीले चालु आर्थिक वर्षको जेठ १० गतेसम्मको अवधिमा मात्रै १० करोड ७१ लाख २३ हजार ४०३ मूल्य बराबरको बिलबीजक नभएका सामान राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ । अघिल्लो आर्थिक वर्षको १९ करोड ३८ लाख २९ हजार ७५६ को तुलनामा केही कम भए पनि कार्यरत सुरक्षाकर्मीको सक्रियता उल्लेखनीय देखिएको छ ।

त्यस्तै, चालु आर्थिक वर्षमा सशस्त्र प्रहरीले १ करोड १५ लाख ९४ हजार ५२२ रुपैयाँ बराबरको स्रोत नखुलेको रकम (हुन्डी) पनि बरामद गरेको छ । अघिल्लो वर्ष उक्त परिमाण ७९ लाख २६ हजार २६५ रुपैयाँ मात्र थियो ।

सशस्त्र प्रहरी बलले चालु आर्थिक वर्षमा ४२ लाख रुपैयाँ बराबरको १ हजार ५ सय ९६ क्युफिट काठ बरामद गरेको छ । गत वर्ष १ हजार ५ सय ५४ क्युफिट काठ बरामद गरिएको थियो जसको मूल्य ४० लाख ९३ हजार ३५५ रुपैयाँ थियो ।

एसपी धिमालका अनुसार, पछिल्लो समय सीमा नाकामा सिसिटिभी क्यामेरा, तालिमप्राप्त कुकुर, र प्राविधिक जनशक्ति परिचालन गरिएकाले चोरी–पैठारी नियन्त्रणमा ठुलो सफलता मिलेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

बाँके । भारतले पुरानो सिमा पिलर नयाँ राख्ने निउमा नेपाल तर्फको भाग मिचेर अर्को पिलर खडा गरेको छ । पुरानो पिलरको पुर्वपश्चिम पारेर पनि त नयाँ पिलर राख्न सकिन्छ । पुरानो पिलर भन्दा नयाँ पिलर दक्षिण पार्दा भारतको सिमा मिचिन्छ भने उत्तर तिर पार्दा नेपालको सिमान मिचिन्छ । कहाँ छन राजनीति दलहरु ? कहाँ छ […]

दाङ । भालुवाङ चन्द्रसूर्य हाेटलमा रात्रिकालिन बसका यात्रुलाई बासीभात, गुणस्तरहिन खाना खुवाउने गरेको यात्रुको व्यापक गुनासो सुन्नमा आएको छ । दाङको पूर्वी देउखुरीमा गढवा गाउँपालिका -१, टहँडास्थित होटल चन्द्रसूर्यमा यस्तो अत्यन्तै कमसल खाना दिएको दाङबाट राजधानी काठमाडौं जाने एक यात्रु दशरथ बस्नेतले भिडियोमा प्रत्यक्ष बोलेका छन् ।चलेको दर भाउभन्दा दोब्बर पैसा लिनेे तर खानाको कुनै […]

error: Content is protected !!