२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सशस्त्र प्रहरी पर्साले ११ महिनामा ३८ करोड २७ लाख ७९ हजार ८९० मूल्य बराबरको सामान पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, आषाढ १४, २०८२

पर्सा । बिरगंज सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै अवैध कारोबार नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राधेश्याम धिमालले जानकारी दिए ।

धिमालका अनुसार, गत आर्थिक वर्षभरिमा भन्सार छली गरेर ल्याइएका १४ करोड ९९ लाख ५ हजार ५२८ मूल्य बराबरका सामान बरामद गरी भन्सार कार्यालयमा बुझाइएको थियो भने चालु आवको ११ महिनामै सो परिमाण झन्डै दुई गुणाले वृद्धि भई २७ करोड ५६ लाख ५६ हजार ४८७ मूल्य बराबरका सामान वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरिएका छन् ।

धिमालका अनुसार सशस्त्र प्रहरीले वीरगञ्ज भन्सार कार्यालयसँगको सहकार्यमा शङ्कास्पद गोदामहरूको अनुगमन र सघन निगरानीमार्फत भन्सार छलीका सामान बरामद गर्ने कार्यमा तीव्रता दिएको छ ।

सशस्त्र प्रहरीले चालु आर्थिक वर्षको जेठ १० गतेसम्मको अवधिमा मात्रै १० करोड ७१ लाख २३ हजार ४०३ मूल्य बराबरको बिलबीजक नभएका सामान राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ । अघिल्लो आर्थिक वर्षको १९ करोड ३८ लाख २९ हजार ७५६ को तुलनामा केही कम भए पनि कार्यरत सुरक्षाकर्मीको सक्रियता उल्लेखनीय देखिएको छ ।

त्यस्तै, चालु आर्थिक वर्षमा सशस्त्र प्रहरीले १ करोड १५ लाख ९४ हजार ५२२ रुपैयाँ बराबरको स्रोत नखुलेको रकम (हुन्डी) पनि बरामद गरेको छ । अघिल्लो वर्ष उक्त परिमाण ७९ लाख २६ हजार २६५ रुपैयाँ मात्र थियो ।

सशस्त्र प्रहरी बलले चालु आर्थिक वर्षमा ४२ लाख रुपैयाँ बराबरको १ हजार ५ सय ९६ क्युफिट काठ बरामद गरेको छ । गत वर्ष १ हजार ५ सय ५४ क्युफिट काठ बरामद गरिएको थियो जसको मूल्य ४० लाख ९३ हजार ३५५ रुपैयाँ थियो ।

एसपी धिमालका अनुसार, पछिल्लो समय सीमा नाकामा सिसिटिभी क्यामेरा, तालिमप्राप्त कुकुर, र प्राविधिक जनशक्ति परिचालन गरिएकाले चोरी–पैठारी नियन्त्रणमा ठुलो सफलता मिलेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]