१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपाले सञ्चालन गरेको हस्ताक्षर अभियानमा ऐक्यबद्धता

Logo
Abc Sanchar प्रकाशित शनिबार, आषाढ १४, २०८२

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा शनिबार आयोजित हस्ताक्षर अभियानका क्रममा पुगेर हस्ताक्षर गर्दै उनले ऐक्यबद्धता जनाएका हुन् ।

रास्वपाले गत असार ७ गतेबाट लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान चलाइरहेको छ ।

रास्वपा सहकोषाध्यक्ष दिपक बोहोराले डा. भट्टराईले शनिबार पार्टी कार्यालय पुगेर हस्ताक्षर अभियानमा साथ दिएको जानकारी गराएका छन् ।

यसअघि गत २१ मंसिरमा पनि भट्टराईले हिरासत पुगेर लामिछानेसँग भेटवार्ता गरेका थिए ।

त्यतिबेला जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा पुगेर लामिछानेलाई भेट गरेपछि उनले राज्यबाट एकपछि अर्को ढंगमा रविमाथि दु:ख दिने काम भइरहेको बताएका थिए ।

साथै, उनले राज्यबाट अस्वभाविक र अन्यायपूर्ण काम भएको भन्दै रास्वपाको आन्दोलनमा ऐक्यबद्धता पनि जनाएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही बनाउ अभियानका संयोजक सबिन प्रियासनले सुर्ती गुटका बन्द गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ । सुर्ती गुटकाको खोलका कारण चारैतिर फोहोर बढेको, प्रदूषण बढेको जनाउँदै उहाँले प्लास्टिकबाट बनेको खोललाई कागजमा परिणत नगर्दासम्म सुर्ती गुटका बन्द गर्न सरकारलाई अनुरोध गर्नु भयको हो । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रियासनले हरेक स्थानीय सरकारले स्थानीय नीति […]

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

error: Content is protected !!