०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

शनिबार साँझ भारी वर्षा संभावना,

Logo
ABC-Sanchar प्रकाशित शनिबार, आषाढ १४, २०८२

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाका अनुसार जिल्लाको सेउलिबाङ वर्षा मापन केन्द्रमा भारी वर्षा मापन भएको हो । पछिल्लो २४ घण्टामा त्यहाँ १९६.६ मिलिमिटर वर्षा मापन भएको छ ।

महाशाखाका अनुसार ससाना खोलानालामा आकस्मिक बहावको जोखिम रहेकाले सतर्कता अपनाउन भनिएको छ । अहिले साइरन बज्न थालेकाे छ ।

सेउलिबाङ नौबहिनी गाउँपालिकाको १ नं वडामा पर्दछ । स्थानीयका अनुसार साँझ ४ बजेदेखि ८ बजेसम्म ठूलो पानी परेको र अहिले केही कम भएपनि निरन्तर आइरहेको छ ।

माथिल्लो भागमा ठूलो पानी परेपनि सदरमुकाम आसपासमा सानो पानी आएको र अहिलेसम्म ठूलो बाढी आइनसकेको विजुवारस्थित पत्रकार हरि भण्डारीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

बाँके । भारतले पुरानो सिमा पिलर नयाँ राख्ने निउमा नेपाल तर्फको भाग मिचेर अर्को पिलर खडा गरेको छ । पुरानो पिलरको पुर्वपश्चिम पारेर पनि त नयाँ पिलर राख्न सकिन्छ । पुरानो पिलर भन्दा नयाँ पिलर दक्षिण पार्दा भारतको सिमा मिचिन्छ भने उत्तर तिर पार्दा नेपालको सिमान मिचिन्छ । कहाँ छन राजनीति दलहरु ? कहाँ छ […]

दाङ । भालुवाङ चन्द्रसूर्य हाेटलमा रात्रिकालिन बसका यात्रुलाई बासीभात, गुणस्तरहिन खाना खुवाउने गरेको यात्रुको व्यापक गुनासो सुन्नमा आएको छ । दाङको पूर्वी देउखुरीमा गढवा गाउँपालिका -१, टहँडास्थित होटल चन्द्रसूर्यमा यस्तो अत्यन्तै कमसल खाना दिएको दाङबाट राजधानी काठमाडौं जाने एक यात्रु दशरथ बस्नेतले भिडियोमा प्रत्यक्ष बोलेका छन् ।चलेको दर भाउभन्दा दोब्बर पैसा लिनेे तर खानाको कुनै […]

error: Content is protected !!