२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङमा दारी ग्याङको मासिक भेला र अम्बिकेश्वरी मन्दिर परिसर सरसफाइ

Logo
ABC-Sanchar प्रकाशित आइतबार, आषाढ १५, २०८२

दाङ । सामाजिक अभियन्ताहरुको संस्था दारी ग्याङ दाङले शनिबार अम्बिकेश्वरी मन्दिर परिसरमा मासिक भेला र सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।

घोराही उपमहानगरपालिका–१८ स्थित मन्दिर परिसरमा गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष युवराज पोख्रेलको अध्यक्षता तथा मन्दिर व्यवस्थापन समितिकी उपाध्यक्ष निरजा पोख्रेलको प्रमुख आतिथ्यता रहेको थियो।

प्रमुख अतिथि पोख्रेलले दारी ग्याङले सामाजिक उत्तरदायित्वप्रति देखाएको सक्रियता र सकारात्मक योगदान प्रशंसनीय रहेको बताइन्। उनले सामाजिक अभियन्ताहरूले समाजमा दीर्घकालीन प्रभाव पार्ने रचनात्मक नेतृत्व गर्नुपर्नेमा जोड दिइन्।

कार्यक्रममा विशिष्ट अतिथि टार्जन भण्डारी (लुम्बिनी प्रदेश सहसंयोजक) ले संस्थाले विभिन्न सामाजिक गतिविधिमा सक्रियता बढाइरहेको जानकारी गराए।

कार्यक्रमको सहजीकरण सचिव हेमन्त भण्डारीले गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]