दाङ । सामाजिक अभियन्ताहरुको संस्था दारी ग्याङ दाङले शनिबार अम्बिकेश्वरी मन्दिर परिसरमा मासिक भेला र सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।
घोराही उपमहानगरपालिका–१८ स्थित मन्दिर परिसरमा गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष युवराज पोख्रेलको अध्यक्षता तथा मन्दिर व्यवस्थापन समितिकी उपाध्यक्ष निरजा पोख्रेलको प्रमुख आतिथ्यता रहेको थियो।
प्रमुख अतिथि पोख्रेलले दारी ग्याङले सामाजिक उत्तरदायित्वप्रति देखाएको सक्रियता र सकारात्मक योगदान प्रशंसनीय रहेको बताइन्। उनले सामाजिक अभियन्ताहरूले समाजमा दीर्घकालीन प्रभाव पार्ने रचनात्मक नेतृत्व गर्नुपर्नेमा जोड दिइन्।
कार्यक्रममा विशिष्ट अतिथि टार्जन भण्डारी (लुम्बिनी प्रदेश सहसंयोजक) ले संस्थाले विभिन्न सामाजिक गतिविधिमा सक्रियता बढाइरहेको जानकारी गराए।
कार्यक्रमको सहजीकरण सचिव हेमन्त भण्डारीले गरेका थिए।