१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

सशस्त्र प्रहरी बल नेपालले २ हजार १ सय ९६ जनाको बढुवा सिफारिस,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आषाढ १६, २०८२

 

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले तल्लो तहका रिक्त पदमा धमाधम बढुवा गरेको छ । पछिल्लो एक महिनामा सशस्त्र प्रहरी सहायक हवल्दारसम्देखि सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षकसम्म २ हजार १ सय ९६ जनाको बढुवा भएको छ ।

बढुवा हुनेमा सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षकमा ११ जना, नायव निरीक्षकमा ३४ जना, लेखा उपसमुहतर्फ सशस्त्र प्रहरी नायव निरीक्षक ६ जना छन् । त्यसैगरी सशस्त्र प्रहरी बरिष्ठ हवल्दारमा ६०३ जना, हवल्दारमा ७५९ जना र सहायक हवल्दारमा ७८३ जना बढुवा भएका हुन् ।

मुख्यालयले बढुवा हुनको लागि जेठ १९ गते सूचना जारी गर्दै सशस्त्र प्रहरी सेवा साधारण समूह, साधारण उपसमूहतर्फको सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक र सशस्त्र प्रहरी नायव निरीक्षक तथा सशस्त्र प्रहरी सेवा, साधारण समूह, लेखा उपसमूहतर्फका सशस्त्र प्रहरी नायव निरीक्षकमा बढुवा हुनको लागि १० दिन भित्र बढुवा फाराम भर्न भनिएको थियो ।

त्यसैगरी सशस्त्र प्रहरी बरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दार पदमा बढुवा हुनको लागि १५ दिनभित्र बढुवा फाराम भरी बढुवा समितिको सचिवालयमा पेश गर्न भनिएको हो ।

बढुवा मूल्यांकन फारामको लागि योग्य उम्मेदवारले आफुले प्राप्त गरेको शैक्षिक योग्यता र बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रहरुको प्रतिलिपिहरु संलग्न गरी बढुवा समितिको सचिवालयमा पेश गर्न समेत भनिएको थियो । खाली रहेका अन्य दर्जामा समेत तत्कालै बढुवा प्रक्रिया शुरु हुने सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही बनाउ अभियानका संयोजक सबिन प्रियासनले सुर्ती गुटका बन्द गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ । सुर्ती गुटकाको खोलका कारण चारैतिर फोहोर बढेको, प्रदूषण बढेको जनाउँदै उहाँले प्लास्टिकबाट बनेको खोललाई कागजमा परिणत नगर्दासम्म सुर्ती गुटका बन्द गर्न सरकारलाई अनुरोध गर्नु भयको हो । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रियासनले हरेक स्थानीय सरकारले स्थानीय नीति […]

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

error: Content is protected !!