०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई मुद्दामा विशेष अदालतले ८ वर्ष ३ महिना कैद सजाय,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आषाढ १६, २०८२

काठमाडौं । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले सोमबार बस्नेतलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै २ करोड ३० लाख ६१ हजार ५०८ रुपैयाँ ८ पैसाको जरिवाना समेत तोकेको हो ।

बस्नेतमाथि १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ ३३ पैसाको अवैध सम्पत्ति आर्जनको आरोपमा सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको थियो। यस मुद्दामा अदालतले उनलाई थप ३ वर्ष कैद र सो रकमको दोब्बर अर्थात् २६ करोड २५ लाख ४६ हजार ६४ रुपैयाँ ८६ पैसाको जरिवाना गर्ने फैसला गरेको हो।

त्यसैगरी राष्ट्रसेवकको हैसियतले अपराध गरेकाले १० प्रतिशत अतिरिक्त कैद थप्दै अदालतले कुल ९३ महिना १० दिन (७ वर्ष ९ महिना १० दिन) को सजाय सुनाएको छ ।

अदालतको फैसलाअनुसार बस्नेतबाट गैरकानुनी रूपमा आर्जित सम्पत्ति जफत गरिनेछ । साथै, उनीबाट १ करोड ५ लाख १ हजार ४२ रुपैयाँ ५८ पैसा, र पद्मा कोलोनी प्रालि, पद्मा मर्चेन्ट कम्पनी प्रालि तथा सो कम्पनीका अध्यक्ष राजुप्रसाद कँडेलबाट ९ लाख २२ हजार ४६० रुपैयाँ २२ पैसा क्षतिपूर्ति स्वरूप पीडित राहत कोषमा दाखिला गर्नुपर्ने आदेश पनि दिइएको छ। यसै मुद्दामा संलग्न पद्मा मर्चेन्ट कम्पनीका अध्यक्ष राजुप्रसाद कँडेललाई समेत ८ वर्ष कैदको सजाय दिइएको छ।

कँडेल र उनी संलग्न दुई कम्पनीले बस्नेतसँग मिलेमतोमा ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ ३३ पैसा बराबरको घूस लेनदेन गरेको ठहर गरिएको हो । तिनीहरूले संयुक्तरूपमा २ करोड ३० लाख ६१ हजार ५०८ रुपैयाँ बिगो रकम दामासाही तिरिसकेको हुनुपर्ने अदालतको ठहर छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

बाँके । भारतले पुरानो सिमा पिलर नयाँ राख्ने निउमा नेपाल तर्फको भाग मिचेर अर्को पिलर खडा गरेको छ । पुरानो पिलरको पुर्वपश्चिम पारेर पनि त नयाँ पिलर राख्न सकिन्छ । पुरानो पिलर भन्दा नयाँ पिलर दक्षिण पार्दा भारतको सिमा मिचिन्छ भने उत्तर तिर पार्दा नेपालको सिमान मिचिन्छ । कहाँ छन राजनीति दलहरु ? कहाँ छ […]

दाङ । भालुवाङ चन्द्रसूर्य हाेटलमा रात्रिकालिन बसका यात्रुलाई बासीभात, गुणस्तरहिन खाना खुवाउने गरेको यात्रुको व्यापक गुनासो सुन्नमा आएको छ । दाङको पूर्वी देउखुरीमा गढवा गाउँपालिका -१, टहँडास्थित होटल चन्द्रसूर्यमा यस्तो अत्यन्तै कमसल खाना दिएको दाङबाट राजधानी काठमाडौं जाने एक यात्रु दशरथ बस्नेतले भिडियोमा प्रत्यक्ष बोलेका छन् ।चलेको दर भाउभन्दा दोब्बर पैसा लिनेे तर खानाको कुनै […]

error: Content is protected !!