दाङ । ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी गस्ती टोलीले दाङ राप्ती गउँपालिका वडा नं. ६ लामोपुल नजिक अबैध रुपमा नदिजन्य पदार्थ (मिस्कट) उत्खनन गरी लोड गरिरहेको अवस्थामा फेला
पारी नियन्त्रणमा लिएका २ वटा (१० चक्के) टिप्पर र १ JCB लाई आवश्यक कारवाहीको लागि राप्ती गाउँपालिकामा पठाईएकोमा राप्ती गा.पा.बाट आवश्यक कारवाही पश्चात सम्बन्धित धनिको जिम्मा लगाई छाडिएको ईलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।