०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

नक्कली प्रहरी बनेर लाखौं रकम लुटपाट गर्ने दुईजना पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आषाढ १६, २०८२

काठमाडौं । जिल्ला प्रहरीबाट आएका हौं’ भन्दै मानिस अपहरण गरी लाखौं रुपैयाँ लुट्ने गिरोहका दुई सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर–८ का २४ वर्षीय समीर हुसेन र विराटनगर–६ का २५ वर्षीय आसिफ अन्सारी रहेका छन् । घटनामा संलग्न तेस्रो व्यक्ति भने फरार रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

असार ११ गते बिहान विराटनगर–१३, महतो टोलबाट बैंक जान लागेका विक्रमकुमार साहलाई नक्कली प्रहरी बनेर अपहरण गरी ३ लाख ६४ हजार रुपैयाँ लुटिएको थियो। पाँच दिनको अनुसन्धानपछि मोरङ प्रहरीले आइतबार उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार तीन जनाको समूहले विक्रमलाई ‘प्रहरीबाट खटिएका हौं’ भन्दै समाते । आँखा अस्पताल क्षेत्र हुँदै रेल–वे लाइनतर्फ लैजाँदै जतुवास्थित एकान्त ठाउँमा पुर्‍याई धम्क्याउँदै लुटपाट गरिएको अनुसन्धानबाट खुलेको छ ।

“पछाडि फर्केर हेरे मारिदिन्छौं,” भनेर धम्क्याउँदै विक्रमकुमारसँग रहेको रकम जबर्जस्ती लुटिएको पीडितले बताएका छन्।

घटनामा प्रयोग गरिएको को १४ प ३३३० नम्बरको रातो स्कुटर समेत प्रहरीले बरामद गरेको छ। पीडितबाट लुटिएको नगद भने अझै फेला परेको छैन ।

पक्राउ परेका दुवैजनामाथि शरीर बन्धक बनाई डाँका गरेको अभियोगमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । साथै फरार व्यक्तिको खोजी तीव्र पारिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

बाँके । भारतले पुरानो सिमा पिलर नयाँ राख्ने निउमा नेपाल तर्फको भाग मिचेर अर्को पिलर खडा गरेको छ । पुरानो पिलरको पुर्वपश्चिम पारेर पनि त नयाँ पिलर राख्न सकिन्छ । पुरानो पिलर भन्दा नयाँ पिलर दक्षिण पार्दा भारतको सिमा मिचिन्छ भने उत्तर तिर पार्दा नेपालको सिमान मिचिन्छ । कहाँ छन राजनीति दलहरु ? कहाँ छ […]

दाङ । भालुवाङ चन्द्रसूर्य हाेटलमा रात्रिकालिन बसका यात्रुलाई बासीभात, गुणस्तरहिन खाना खुवाउने गरेको यात्रुको व्यापक गुनासो सुन्नमा आएको छ । दाङको पूर्वी देउखुरीमा गढवा गाउँपालिका -१, टहँडास्थित होटल चन्द्रसूर्यमा यस्तो अत्यन्तै कमसल खाना दिएको दाङबाट राजधानी काठमाडौं जाने एक यात्रु दशरथ बस्नेतले भिडियोमा प्रत्यक्ष बोलेका छन् ।चलेको दर भाउभन्दा दोब्बर पैसा लिनेे तर खानाको कुनै […]

error: Content is protected !!