२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नक्कली प्रहरी बनेर लाखौं रकम लुटपाट गर्ने दुईजना पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आषाढ १६, २०८२

काठमाडौं । जिल्ला प्रहरीबाट आएका हौं’ भन्दै मानिस अपहरण गरी लाखौं रुपैयाँ लुट्ने गिरोहका दुई सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर–८ का २४ वर्षीय समीर हुसेन र विराटनगर–६ का २५ वर्षीय आसिफ अन्सारी रहेका छन् । घटनामा संलग्न तेस्रो व्यक्ति भने फरार रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

असार ११ गते बिहान विराटनगर–१३, महतो टोलबाट बैंक जान लागेका विक्रमकुमार साहलाई नक्कली प्रहरी बनेर अपहरण गरी ३ लाख ६४ हजार रुपैयाँ लुटिएको थियो। पाँच दिनको अनुसन्धानपछि मोरङ प्रहरीले आइतबार उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार तीन जनाको समूहले विक्रमलाई ‘प्रहरीबाट खटिएका हौं’ भन्दै समाते । आँखा अस्पताल क्षेत्र हुँदै रेल–वे लाइनतर्फ लैजाँदै जतुवास्थित एकान्त ठाउँमा पुर्‍याई धम्क्याउँदै लुटपाट गरिएको अनुसन्धानबाट खुलेको छ ।

“पछाडि फर्केर हेरे मारिदिन्छौं,” भनेर धम्क्याउँदै विक्रमकुमारसँग रहेको रकम जबर्जस्ती लुटिएको पीडितले बताएका छन्।

घटनामा प्रयोग गरिएको को १४ प ३३३० नम्बरको रातो स्कुटर समेत प्रहरीले बरामद गरेको छ। पीडितबाट लुटिएको नगद भने अझै फेला परेको छैन ।

पक्राउ परेका दुवैजनामाथि शरीर बन्धक बनाई डाँका गरेको अभियोगमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । साथै फरार व्यक्तिको खोजी तीव्र पारिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]