२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

महेशपुर भन्सार कार्यालयले झण्डै ५० लाख रुपैयाँ बराबरको चिनी खाल्डोमा पुरेर नष्ट गर्‍यो,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आषाढ १८, २०८२

नवलपरासी । उपभोगका लागि अयोग्य ठहर गरिएको ६२७ क्विन्टल चिनी मंगलबार स्थानीय झरही खोलानजिक खाल्डो खनेर नष्ट गरिएको हो ।

उक्त चिनी २०७८ साल असार महिनामा पश्चिम र पूर्वी नवलपरासीका विभिन्न स्थानबाट बरामद गरिएको थियो । तर, चार वर्षसम्म उचित व्यवस्थापन हुन नसक्दा गोदाममै कुहिएर सडेको चिनी अन्ततः नष्ट गर्नुपरेको हो ।

खाद्य आयातरनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, बेलहियाले चिनीका बोराहरूमा लेबल र सिल नहुँदा उपभोग अयोग्य भएको प्रमाणित गरेपछि लिलामी प्रक्रियामा जान नपाएको भन्सारले जनाएको छ।

कानुनी रूपमा प्रयोग गर्न नमिल्ने देखिएपछि त्यसलाई नष्ट गर्नु परेकोमहेशपुर भन्सार कार्यालयका नायब सुब्बा लेखनाथ भण्डारीले जानकारी दिए।

उनका अनुसार, ५० केजीका २ हजार बोरा चिनी खाल्डोमा पुर्ने निर्णय गरिएको थियो। बजार मूल्यका आधारमा सो चिनीको मूल्य ५३ लाख २९ हजार रुपैयाँ पर्ने अनुमान गरिएको छ। तर, भन्सार मूल्यांकनअनुसार प्रति केजी ६४ रुपैयाँ दरले कुल ४० लाख १२ हजार रुपैयाँको चिनी नष्ट गरिएको हो।

चार वर्षसम्म भन्सारका प्रमुखहरू पटक–पटक फेरिँदा पनि चिनी हटाउने जिम्मेवारी कसैले नलिँदा गोदाममै चिनी सडेर रस निस्कन थालेको थियो । त्यसले गोदामको भौतिक संरचना बिगार्नुका साथै दुर्गन्ध फैलाएर वरपरका स्थानीयबासीसमेत हैरान भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]