०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

वर्तमान सरकारको वैधता राजनीतिक रुपमा समाप्त भइसकेको माओवादी केन्द्रको तर्क

Logo
ABC-Sanchar प्रकाशित बुधबार, आषाढ १८, २०८२

काठमाडौं । आज (बुधबार) माओवादी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार भेटघाटमा पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले यस्तो बताएका हुन । उनले भने, ‘प्राविधिक रूपमा त यो सरकार छ भन्ने हुन्छ, राजनीतिक रूपमा यसको वैधता समाप्त भइसकेको छ ।

जनताको मनमस्तिष्कबाट यो सरकार विस्थापित भइसकेको छ ।’ वर्तमान सरकारले सेवा प्रवाह, सुशासन र भ्रष्टाचार नियन्त्रणमा काम गर्न नसकेको माओवादी केन्द्रको निष्कर्ष रहेको छ ।

प्रवक्ता सापकोटाले भने, ‘वर्तमान सरकार दिनदिन विस्थापित हुँदैछ, कलंकको रूपमा स्थापित हुँदैछ ।’ उनले सरकारले राजनीतिक प्रतिशोधको आधारमा विपक्षीलाई प्रहार गरेको र बिचौलियाको संरक्षण गरेको आरोप समेत लगाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

बाँके । भारतले पुरानो सिमा पिलर नयाँ राख्ने निउमा नेपाल तर्फको भाग मिचेर अर्को पिलर खडा गरेको छ । पुरानो पिलरको पुर्वपश्चिम पारेर पनि त नयाँ पिलर राख्न सकिन्छ । पुरानो पिलर भन्दा नयाँ पिलर दक्षिण पार्दा भारतको सिमा मिचिन्छ भने उत्तर तिर पार्दा नेपालको सिमान मिचिन्छ । कहाँ छन राजनीति दलहरु ? कहाँ छ […]

दाङ । भालुवाङ चन्द्रसूर्य हाेटलमा रात्रिकालिन बसका यात्रुलाई बासीभात, गुणस्तरहिन खाना खुवाउने गरेको यात्रुको व्यापक गुनासो सुन्नमा आएको छ । दाङको पूर्वी देउखुरीमा गढवा गाउँपालिका -१, टहँडास्थित होटल चन्द्रसूर्यमा यस्तो अत्यन्तै कमसल खाना दिएको दाङबाट राजधानी काठमाडौं जाने एक यात्रु दशरथ बस्नेतले भिडियोमा प्रत्यक्ष बोलेका छन् ।चलेको दर भाउभन्दा दोब्बर पैसा लिनेे तर खानाको कुनै […]

error: Content is protected !!