१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

केही दुविधा र केही उत्साहका साथ नेपाल प्रहरी सेवा प्रवेश गरेको ठ्याक्कै २६ वर्ष पुगेछ, गंगा पन्त

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आषाढ १८, २०८२

काठमाडौं । देश काल परिस्थितीमा आएका फेरबदल संगै स्वाभाविक बन्ने थुप्रै उतार चढावका बाबजुद पनि यो यात्रा उत्साहपूर्वक एवं गौरवमय छ । यस अबधिमा कतिपय पलहरु ज्यादै कठिन नभएका होइनन तर कुनै एक पल पनि प्रहरी भएकोमा पश्चाताप गरेको छैन भने प्रहरीको रुपमा गरेका कुनै पनि काम प्रति ग्लानी वा हिनतावोध पनि छैन । मैले हालसम्म प्रहरीको रुपमा सम्पादन गरेका र गर्नु पर्ने कामलाई मायाँ गरे र सदैव गरिरहने छु ।

सरुवा, बढुवा आफ्नो हातको कुरा होईनन, आफ्नो नियन्त्रण बाहिरका कुराहरु भएकोले त्यसलाई मानक बनाएर को कस्तो भनेर कसैलाई परिभाषित गर्न सकिने कुरा होईन र गर्न पनि हुदैन । पाएको जिम्मेवारी बहन डटेर नै गरियो, जे जिम्मेवारी पाईयो वा परम्परागत रुपमा महिलालाई सहज उपलब्ध हुने जिम्मेवारी भन्दा चुनौतीपूर्ण जिम्मेवारी पनि खोजेर लिईयो र पाएको जिम्मेवारी वहन गर्ने क्रममा महिलाहरुले अझै शशक्त र सम्बेदनशिल रुपमा पुलिसिङ गर्न सक्छन् भन्ने कुरा स्थापित नै गरियो । यति हुँदा पनि अर्को बुझेको कुराचाही के हो भने आफ्नो स्वमूल्यांकन त हुने नै भयो तर संगठनमा आफूसँग काम गरेका कर्मचारी र सेवाग्राहीले गर्ने मूल्यांकन चाही बास्तबिक मूल्यांकन हो भन्ने मेरो बुझाई छ र अझ कार्यालय प्रमूख रहँदा टिममा खटिएका चालक, बिभिन्न सहयोगीहरु बास्तबिक मूल्यांकनकर्ता हुन् जस्तो लाग्छ । उनीहरु सबै देख्छन, हरेक जेष्ठ अधिकृतहरुले गर्ने सबै गतिबिधिका साक्षी हुन्छन, प्रत्यक्ष नबोले पनि अप्रत्यक्ष रुपमा बुझिन्छ । त्यस हिसावमा पनि हालसम्मको यात्रा सन्तुष्टिपूर्ण छ ।
संगठन मजबुत हुनु वा कमजोर हुनु त्यसको जस-अपजस म र म जस्तै अन्य सेवारत र पूर्व प्रहरीहरु समेतले नै लिनु पर्छ ।

 

समग्रमा संगठनभित्र रहेका म अनि हामी नै बास्तबमा संगठन हो । सुन्दा अलिक फरक र अनौठो सुनिने तर लोभ, लाभ, आश र त्रास बाट माथि उठेका संगठनका सदस्यहरुले संगठनलाई गौरबान्वित बनाई रहेका छन् र रहने छन्, मेरो प्रष्ट बुझाई के छ भने संगठनबाट सम्पादित हुने काम र संगठनको समग्र छबि (Image) मा प्रश्न उठेका भए त्यो म र म जस्तै संगठनका सदस्यहरुको लोभ, लाभ, त्रास र आशको कारण भए । उमेर पुगेर योग्य भएर सेवा प्रवेश गरेका हरेक ब्यक्तिहरु आफूले गर्ने सबै कर्मका जिम्मेवार स्वयं हुन् । त्यसैले यो सेवा प्रवेशको बर्षगाँठले अझै जिम्मेवार रहने उत्प्रेरणा प्राप्त होस भन्दै ११२ औं समूहका १० वर्ष लामो चुनौतिपूर्ण समयमा सहादत प्राप्त गर्नुभएका हाम्रा वीर सहकर्मीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सेवारत तथा सेवानिवृत हुनु भएका सबै साथीहरुमा शुभकामना ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही बनाउ अभियानका संयोजक सबिन प्रियासनले सुर्ती गुटका बन्द गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ । सुर्ती गुटकाको खोलका कारण चारैतिर फोहोर बढेको, प्रदूषण बढेको जनाउँदै उहाँले प्लास्टिकबाट बनेको खोललाई कागजमा परिणत नगर्दासम्म सुर्ती गुटका बन्द गर्न सरकारलाई अनुरोध गर्नु भयको हो । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रियासनले हरेक स्थानीय सरकारले स्थानीय नीति […]

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

error: Content is protected !!