२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बिहीबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित बिहिबार, आषाढ १९, २०८२

मेष -पारिवारिक संवेदनशीलता बढ्नेछ। घरपरिवारको अवस्था, मातापिताको स्वास्थ्य र भावनात्मक सन्तुलनमा ध्यान दिनुपर्ने हुन्छ। मन अलि अस्थिर भइरहन सक्छ, तर गहिरो आत्ममन्थनले समाधान मिल्नेछ। कुनै पनि निर्णय भावुकतामा बहिएर गर्नु बुद्धिमत्तापूर्ण हुने छैन।

वृष-आज शब्दको शक्ति तपाईंको प्रमुख हतियार बन्नेछ। विचार अभिव्यक्ति स्पष्ट हुनेछ, छोटो यात्रा वा भेटघाटमा लाभ मिल्ने सम्भावना देखिन्छ। साथीभाइ वा नजिकका आफन्तसँग सहयोग प्राप्त हुने समय हो। लेखन, संचार र अध्ययनप्रति मन आकर्षित हुनेछ।

मिथुन-आज आर्थिक विषयमा ध्यान दिनु पर्ने समय हो। धनप्राप्तिको अवसर देखिए तापनि खर्चको पनि योग छ। बोलीमा मधुरता आवश्यक हुनेछ, किनभने यही वाणीले लाभ पनि दिलाउँछ र कहिलेकाहीं क्षति पनि पुर्‍याउन सक्छ। खानेकुरा र पारिवारिक सम्बन्धप्रति सतर्क रहनु उचित हुनेछ।

कर्कट-आजको दिन आत्मबल, आत्मनिष्ठा र आत्मचिन्तनले भरिएको छ। तपाईंका निर्णयमा गम्भीरता रहनेछ। भावनात्मक स्थायित्व प्राप्त गर्ने प्रयासमा सफलता मिल्नेछ। नयाँ कार्य आरम्भ गर्न शुभ समय हो, तर अहंकार वा आवेगमा आएको विचारलाई थोरै रोक्न सके अझ राम्रो हुनेछ।

सिंह-मनमा अलि चिन्ता, उद्विग्नता वा अस्पष्ट डर अनुभव हुन सक्छ। विदेश, अध्यात्म, सेवा कार्य वा एकान्त समयप्रति झुकाव बढ्ने सम्भावना देखिन्छ। खर्चको सम्भावना पनि उच्च रहेको हुँदा आर्थिक पक्षमा नियन्त्रण आवश्यक छ। योग, ध्यान वा शान्त साहित्यमा रुचि जाग्न सक्छ।

कन्या-आजको दिन सामाजिक सञ्जाल, मित्रतासम्बन्ध र समूहगत कार्यमा सफलता मिल्नेछ। तपाईंका विचारले अरूलाई प्रभावित गर्न सक्छन्। यश, प्रतिष्ठा र नेतृत्वका अवसरहरू देखा पर्नेछन्। योजना वा दीर्घकालीन उद्देश्यतर्फ केन्द्रित भई अघि बढ्न सकिने शुभ समय हो।

तुला-व्यावसायिक क्षेत्रमा सक्रियता देखिन्छ। प्रतिष्ठा, जिम्मेवारी र सामाजिक छविमा सुधार आउन सक्छ। वरिष्ठ वा उच्च पदस्थ व्यक्तिको सहयोग वा सराहना प्राप्त हुने सम्भावना छ। मनोबल र परिश्रमको समन्वय गर्न सके आजको दिन उपलब्धिमूलक बन्नेछ।

वृश्चिक-धर्म, दर्शन वा अध्यात्मप्रति झुकाव बढ्ने सम्भावना छ। उच्च शिक्षा, गुरु वा विद्वानको सान्निध्य लाभदायक हुनेछ। यात्राको सम्भावना पनि देखिन्छ। विचारमा गम्भीरता र स्पष्टता आउने समय हो, तर हठ वा कट्टरताबाट जोगिनु उपयुक्त हुनेछ।

धनु-अप्रत्याशित लाभ वा क्षतिको सूचक हुन्छ। आजको दिन रहस्य, अनुसन्धन, योग साधना वा आन्तरिक जगतप्रति झुकाव बढ्नेछ। पारिवारिक वा मानसिक रूपमा केही असहजता अनुभव हुन सक्छ। संयमता र सूक्ष्म दृष्टिले परिस्थिति बुझ्न सक्नुपर्छ।

मकर-पारिवारिक वा दाम्पत्य सम्बन्धमा संवेदनशीलता आवश्यक हुनेछ। सहकार्य, सम्झौता वा साझेदारीका विषयमा गहिरो ध्यान दिनुपर्ने समय हो। भावनामा बहिने सम्भावना हुँदा व्यावहारिक दृष्टिले निर्णय लिनु उचित हुनेछ। वैवाहिक जीवनमा विश्वास र संवाद आवश्यक हुनेछ।

कुम्भ-प्रतिस्पर्धा, रोग वा विवादसँग सम्बन्धित विषयमा सर्तक रहनु उचित हुनेछ। परिश्रम र आत्मनियन्त्रणले सफलता दिलाउनेछ। स्वास्थ्यप्रति बेवास्ता नगर्नुहोस्। कामको थाकसिकाई बीच थोरै विश्राम वा मानसिक विश्रान्ति पनि आवश्यक हुनेछ।

मीन-सन्तान, सिर्जनात्मकता वा प्रेम सम्बन्धका विषयमा केन्द्रित हुने दिन हो। अध्ययन, अध्यापन वा बौद्धिक अभिव्यक्तिमा प्रगति सम्भव देखिन्छ। प्रेम सम्बन्धमा मिठास आउनेछ। कल्पनाशीलता र अन्तरदृष्टि आज उपयोगी बन्नेछन्।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]