२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बुधबारबाट राज्यका तर्फबाट प्राप्त सबै सेवासुविधा त्यागेको घोषणा

Logo
Abc Sanchar प्रकाशित बिहिबार, आषाढ १९, २०८२

काठमाडौं । एमालेको राजनीतिमा सक्रिय हुने घोषणालगत्तै भण्डारीले पूर्वराष्ट्रप्रमुखका रूपमा प्राप्त गर्दै आएका सेवा सुविधा त्यागेको पत्र गृह मन्त्रालयमा बुझाएकी छन् ।

गृहसचिव सम्बोधन गरी लेखिएको पत्रमा बुधबारदेखि नै लागू हुने गरी कुनै पनि सेवा, सुविधा नलिने उल्लेख छ । सरकारले प्रदान गरेको सेवासुविधा परित्याग गर्ने भण्डारी सम्भवतः पहिलो नेता बनेकी छन् । भण्डारीको हकमा पूर्वराष्ट्रप्रमुखको हैसियतमा दिइने सुरक्षा, सुविधा भने कायम रहनेछ । प्रोटोकलअनुसार नै सुरक्षा, सुविधा भने प्रदान हुनेछ ।

पूर्वराष्ट्रप्रमुख भण्डारीलाई सरकारले एक उपसचिवसरह स्वकीय सचिव, कार्यालय सहयोगीसहित तीन कर्मचारीको सेवा, सुविधा उपलब्ध गराउँदै आएको छ । सुरक्षाकर्मीको घरभाडा सम्बन्धित घरधनीलाई नै उपलब्ध गराउने गरिएको गृह मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]