कैलाली । डडेल्धुरा, परशुराम न.पा.१२ आमपानी स्थित राउटे संघ केन्द्रिय कार्यालयको सभाहलमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डम्बर बहादुर बि.क.को प्रमुख आतिथ्यता, नेपाल राउटे विकाश संघका अध्यक्ष दान सिंह राउटेको अध्यक्षतामा र जिल्ला प्रहरी कार्यालय डडेल्धुराका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठको उपस्थितिमा इलाका प्रहरी कार्यालय जोगबुढाको सहकार्य तथा जिल्ला प्रहरी कार्यालय डडेल्धुराको आयोजनामा आयोजित अल्पसंख्यक (राउटे) समुदायसँग ट्राफिक नियम तथा जनचेतना सम्बन्धी अन्तरक्रिया गर्दै प्रमुख अतिथि ज्यूले राउटे समुदायसँग आफ्ना वालवालिकाहरुलाई समयमै विद्यालयमा भर्ना गरी राउटे समुदायको शैक्षिक स्तर वृद्धि गर्नमा जोड दिन, राज्यले प्रदान गरेका सेवा सुविधाको सदुपयोग गर्दै राष्ट्रको निति निर्माण तहमा पुग्न आवश्यक रहेको र राउटे समुदायको समस्या समाधानको लागि नेपाल प्रहरी हरहमेशा तयार रहने कुरा व्यक्त गर्दै उहाँहरुलाई दैनिक आवश्यकताका खाद्यान्न सामग्रीहरु समेत वितरण गर्नु भएको थियो ।